सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाङ्फे स्मृति पत्रकारिता पुरस्कार वितरण गरिदै - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाङ्फे स्मृति पत्रकारिता पुरस्कार वितरण गरिदै


साइनो समचारदाता
पथरी । मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाङ्फे स्मृति पत्रकारिता पुरस्कार स्थानीय दुई पत्रकारलाई प्रदान गरिने भएको छ । सो पुरस्कार बुद्ध युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा शनिबार (आज) वितरण गरिने भएको छ ।
रातोकलम डटकममा प्रधान सम्पादक तेजन खड्का र साईनो खबर डटकमका प्रधान सम्पादक, क्रेजी डटकमका कार्यकारी सम्पादक फिपराज बेघालाई जनही १० हजार १ रुपैंया–१० हजार १ रूपैयाँ राशीको पुरस्कार प्रदान गरिने भएको ‘स्व.सूर्य बहादुर सोम्याहाङ राई र स्व. जगत बहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कार’को अक्षय कोषका संयोजक गोपाल काफ्लेले जानकारी दिएका छन् ।


पत्रकारिता पुरस्कार छनौट समितिका अध्यक्ष धनकुमार तामाङ्गले तामाङले पूर्वी मोरङलाई कार्य क्षेत्र बनाई निरन्तर कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहित गर्न यस पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने बताएका छन् । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।
पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना बाजे स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाङ्फेले आफ्नो बुवा स्व. जगतबहादुर सम्बाहाङ्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षय कोषको स्थापना गरेका हुन् ।

सम्बन्धित खवर