साइनो समचारदाता
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा ३ हजार २९७ को लागि जागिर खुलेको छ । रिक्त रहेका तीन हजार २९७ जनाको लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रमा नयाँ भर्ना खुलाएको छ ।सशस्त्र प्रहरी जवान पदमा आवेदन खुलाएको हो । आवेदन दिन एक महिना २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ । आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने उल्लेख गरिएको छ । मापदण्ड ?
कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्ने छ । पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ ।