दोस्रो समिफाइनल आज, वडा नम्बर १ र ८ बीच स्पर्धा - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

दोस्रो समिफाइनल आज, वडा नम्बर १ र ८ बीच स्पर्धा

नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिताको स्पर्धी वडा नम्बर १

साइनो समचारदाता
पथरी । नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेल आज (शुक्रबार) हुदैछ ।
स्थानीय पञ्चायत माविको खेल मैदानमा ३ वजेपछि फाइनलमा पुग्ने लक्ष्यका साथ वडा नम्बर १ र ८ बीच स्पर्धा गर्दैछ । ८ ले ६ लाई हराउँदै, १ ले २ लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा ५ लाई पछि पार्दै वडा नम्बर ९ विजयी भएको थियो ।

नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिताको स्पर्धी वडा नम्बर ८

बुद्ध युथ क्लब पथरी शनिश्चरे २ को आयोजना हुदै गरेको प्रतियोगिता फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष मदन साम्पाङका अनुसार नगद पुरस्कारको प्रायोजन ब्रिटिस आर्मी ग्रुप युके र सिङ्गापुर पुलिस गु्रपले गरेको छ भने ट्रफिको प्रायोजन बाल्मीकि बोडिङ स्कुल गरेको छ । उपविजयीले ३१ हजार, ट्रफी प्राप्त गर्नेछन् । उपविजेताको नगद पुरस्कार हङकङमा कार्यरत किरण जबेगु र सिङ्गापुर पुलिसमा कार्यरत प्रदिप जबेगुले प्रायोजन गरेका छन् । पथरी शनिश्चरे २ का पूर्व खेलाडी जबेगुद्वय सहोदर दाजुभाइ हुन् । उपविजेतको ट्रफी रेडस्टार बोडिङले प्रायोजन गरेको छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गरेको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर