सभापति देउवा नेता कोइरालासँग रिसाए - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सभापति देउवा नेता कोइरालासँग रिसाए


साइनो समचारदाता
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालासँग रिसाएका छन् । जथाभावी नबोल्न सम्झाएको बताउँदै विराटनगर विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ । तर, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ ।’
नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताउँदै उनले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पारे । जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको सभापति देउवाले बताए । वाइडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताए ।

सम्बन्धित खवर