साइनो समचारदाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीको रुपमा खडा भएको बताएका छन् । उनले महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास गर्दागर्दै पितृसतात्मक सोचले केही समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसमाथि सुधारको खाँचो औंल्याउँदै महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताएका छन् ।
१०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिइरहेका छन् ।’
बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका प्रधानमन्त्रीले शासकीय पद्धतिको परिवर्तनले संघीय संरचनामा बढाएको महिलाको प्रतिनिधित्वप्रति भने प्रसन्नता व्यक्त गरेका छन् । ओलीले समानताको सोचलाई प्रबद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने व्यक्तित्वहरूको स्मरण गरेका छन् ।