किरात प्रदेश नभए पहिचानबादीहरुसँग सहकार्य गरेर यायोख्खाले विशिष्ट प्रकारको आन्दोलन गर्ने (घरान घोषणा पत्रको विस्तृत जानकारीसहित) - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

किरात प्रदेश नभए पहिचानबादीहरुसँग सहकार्य गरेर यायोख्खाले विशिष्ट प्रकारको आन्दोलन गर्ने (घरान घोषणा पत्रको विस्तृत जानकारीसहित)

साइनो समचारदाता
धरान । संघीय गणतन्त्र नेपालको १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।
किरात राई यायोख्खाको दशौं महाधिबेशनबाट जारी घरान घोषणा पत्र जारी गर्दै कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन नसके पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्र्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलन गर्ने चेतावनी दिएको छ । यायोख्खाले पत्रकार सम्मेलन गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पनि जोडदार माग गरेको छ । यायोख्खाका महासचिव जनक राई र अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित १६ बुद्धे धरान घोषणा पत्रमा के के छ त ?

१) संघीय गणतन्त्र नेपालको १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गरियोस् भनी जोडदार माग गर्दछ । यदि कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन सकेन भने पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्र्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलनको गरिनेछ ।
२) किरात राई समुदायले किरात लिपि प्रयोगको लागि कार्यदल बनाएर चाँडै कार्यान्वयन गरिनेछ ।
३) विश्वभर छरिएर रहेका विभिन्न भाषिक÷थरगत किरात राईहरू संगठित हुन हार्दिक आव्हान गर्दछ ।
४) किरात राई समुदायको धार्मिक, सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, कुवी र तोकायाहरुको बृत्ति विकासको लागि अक्षयकोष स्थापना गरिनेछ ।
५) राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी किरात राईहरुको वास्तविक तथ्याङ्कलाई बाहिर ल्याउन र किरात राई समुदायको एकतालाई अझ मजवुद बनाउन भाषिक÷थरको पछाडि राई र धर्मको महलमा किरात, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषा लेख्ने÷लेखाउने अभियान संचालन गर्नेछ ।
६) प्रदेशको सम्पर्क भाषाको रूपमा किरात राई भाषाहरूमध्ये कमसेकम बान्तावा र चाम्लिङ भाषा र स्थानीय निकाय (नगरपाललिक, गाउँपालिका र वडा) हरूमा समेत अन्य किरात राई भाषाहरू सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गरियोस् ।
७) आदिवासी जनजातिको बाहुल्य बसोवास रहेको क्षेत्रहरूमा मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा र कम बाहुल्य क्षेत्रमा विषयको रूपमा पठन पाठन एवम् शिक्षक दरबन्दी सृजना गर्दै शिक्षक सेवामार्फत् पदपूर्ती गरियोस् । साथै पढाइ सुरु भएको विद्यालयहरुमा मातृभाषा शिक्षकको व्यवस्था गरियोस् भनी जोड्दार माग गर्दछ ।
८) संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबै खाले हस्तक्षेप र दमनको घोर भत्र्षणा गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
९) अनुमोदित अन्तर्राष्ट्रिय अभिसन्धि क्ष्ीइ ज्ञटढ को पूर्ण कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१०) किरात क्षेत्रका गढीहरु विजयपुर गढी, हतुवा गढी, साँगुरी गढी, चौदण्डी गढी, केपिलास गढी, चिना गढी, मौरे गढी, मझुवा गढी, चिसंकु गढी, मुक्ली गढी, तलुवा गढी, होलेसुङ गढी, बुढी मोरङ, ओगानेम गढीलगायतको संक्षण र संवर्दन गर्न सरकारको ध्यानाकर्षण गराउद छ ।
११) भोजपुरको हतुवागढीमा रहेको सेनाको व्यारेक र खोटाङको मझुवागढिमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइयोस् ।
१२) जननायक सहीद राम प्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ ।
१३) समुदायभित्रको धार्मिक व्यापारीहरुलाई निरुत्साहित गर्दै मुन्दुम (प्रकृतिक पुजक) संस्कारलाई संरक्षण, विकास र सम्बद्र्धन गरिनेछ ।
१४) किरात राई यायोक्खाको नयाँ भवन निर्माण गरी कार्यालय थप व्यवस्थिति गरिनेछ ।
१५) झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गरियोर ।
१६) किरात राई जातिको मौलिक लोकलय, मौलिक भेष भुषा, लोक कथा र परम्परागत ज्ञान शिपको संरक्षण सम्बर्दनको लागि विषेश अभियान सञ्चालन गरिने छ ।

सम्बन्धित खवर