सडक शिलान्यास - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

सडक शिलान्यास


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे १० मो सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको सोमबार शिलान्यास भएको छ ।
वडाध्यक्ष सागर राई, वडा सदस्य अनोज घिमिरे तथा स्थानीय ज्येष्ठ नागरिक इन्दिरा पोखरेल र कृष्णप्रसाद दहालले संयुक्त रुपमा सडकको स्तरोन्नती र ड्रेन निर्माण कार्यको शिलान्यास गरेका छन् । नगरपालिकाबाट ४ लाख ८५ हजार, उपभोक्ताबाट ७५ हजार, जनश्रमदानबाट २३ हजार १ सय २३ गरी कुल ५ लाख ८३ हजार १ सय २३ रुपैयाँको लागतमा योजना सम्पन्न हुनेछ ।

सम्बन्धित खवर