पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको मंगलवारको खेलमा वडा नम्वर ९ ले वडा नम्वर ७ लाई ५ गोद गर्दै विजयी भएको छ । खेलमा वडा नं. ९ का घनश्याम चौहानले खेलको २४ औं मिनेटमा गोलको खाता खोलेका थिए भने खेल अवधि भर दवावमा राखेको वडा नं. ९ ले दोस्रो हाफको १९ औ मिनेटमा साईन राईले थप गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।


दोस्रो हाफको २६,२७ र २८ औ मिनेटमा प्रकाश चौहान, सेनेहाङ लिम्वू र सन्दिप धिमालले थप १÷१ गोल गर्दै जितलाई सुनिश्चीत वनाएका थिए भने वडा नम्वर ७ का तर्फ वाट एक मात्र सान्तवना गोल पहिलो हाफको २१ औ मिनेटमा पविन लिम्वूले गरेका थिए ।

मंगलवारको खेलको म्यान अफ दि म्याच वडा नम्वर ९ का सेनेहाङ लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् । भने भोलिको खेल वडा नम्वर १ र २ विचमा हुने खेल संयोजक विकी राईले वताए ।
बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

सम्बन्धित खवर