यायोक्खाको महाधिबेशनबाट फर्कदा एकको मृत्यु - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

यायोक्खाको महाधिबेशनबाट फर्कदा एकको मृत्यु

पुरणकुमार राई

साइनो समचारदाता
दमक । किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिबेशन स्थल धरान सुनसरीबाट फर्कदा एकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडक खण्डमा मोटरसाइकल एकआपसमा जुधेको थियो । गए राति करिब ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को ३ प ७७०० नंम्बरको मोटरसाइकल एकापसमा जुधेको हो । दुर्घटना हुदा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षिय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षिय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षिय एक व्यक्ति घाइते भएको छ । घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजक समेत हुन् ।

सम्बन्धित खवर