बनको अगुवाईमा सरसफाइ - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

बनको अगुवाईमा सरसफाइ


साइनो समचादाता
पथरी । उत्तरपूर्वी मोरङका दुई पालिकाका सामुदायिक वनले वन तथा पर्यावरण संरक्षण अभियान अन्तर्गत आज चिसाङदेखि पथरीखोलासम्म सरसफाइ कार्यक्रम गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका क्षेत्रका ७ वटा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा पूर्वपश्चिम मुख्य सडक क्षेत्रका प्लाष्टिक सहितका फोहोर संकलन गर्ने काम भएको छ । ५ सय बढी स्थानीयको सहभागिताबीच पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र कानेपोखरी ७ का अध्यक्ष मोहन अधिकारीले झाडु लगाएर सरसफाई अभियानको उद्घाटन् गरे । पथरीशनिश्चरेको डाँसमोरङ्गी, सीताछ धारे, महिला जागृति, पशुपति, भूल्के पशुपति तथा कानेपोखरीको जनजातृति र ग्रामिणसुधार सामुदायिक वन उपभोक्ता समूहको सो अभियानमा पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका, इलाका प्रहरी, शसस्त्र प्रहरी र मनकामना सामुदायिक वनले विशेष सहयोग पुर्याएको थियो । २ पालिकाका यी ७ सामुदायिक वन उपभोक्ता समूहले कंक्रिट चिहान सहितका समस्या समाधान र वन तथा पर्यावरण संरक्षणका विषयमा साझा योजना तय गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर