हाते पावर टिलर वितरण - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

हाते पावर टिलर वितरण


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका १० वटा कृषक समूहलाई खेत जोत्ने १÷१ वटा हाते पावर टिलर वितरण गरेको छ ।
नगरको कृषि क्षेत्रको बजेटमार्फत ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत ल्याइएको पावर टिलरलाई एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वितरण गरिएको हो ।
वडा नम्वर १ को पथरी कृषि सहकारी, २ को चौतारी सामाजिक उद्यमी महिला समूह, ३ को सूचारु कृषि सहकारी, ४ को सीता हमालको समूहलाई वितरण गरिएको छ ।
त्यसैगरी, वडा नम्वर ६ को जनचेतना तरकारी कृषक समूह, ७ को चेतना कृषक समूह र चभत्लुङ कृषि सहकारी, ९ को कुशेचौरी कृषि समूह र चाम्लिङ कृषि फर्मले पावर टिलर प्राप्त गरेको कृषि शाखाका प्राविधिक सावित्रा कार्कीले जनाइन् ।

सम्बन्धित खवर