भरतमोहन र रवीन्द्रप्रति श्रद्धाञ्जली - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

भरतमोहन र रवीन्द्रप्रति श्रद्धाञ्जली

साइनो समचारदाता
पथरी । नेकपाका २ जना नेताको शोकमा आज मोरङको पथरीशनिश्चरेमा श्रद्धाञ्जली सभा भएको छ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको संयुक्त रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेकपा नगर कमिटीको आयोजनामा दुवै नेताको तस्वीरमाथि माल्यार्पण गर्दै शोकपुस्तिकामा हस्ताक्षर गरिएको नगर नेता मोहन तुम्वापोले जनाए । नेता भरतमोहन अधिकारी पथरीशनिश्चरे समेतमा पर्ने पहिलेको निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भई मन्त्री बनेका थिए ।

सम्बन्धित खवर