नायक, नायिका र निर्देशकको साथमा आज पथरीमा ‘पुरानो बुलेट’ को च्यारिटी शो - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

नायक, नायिका र निर्देशकको साथमा आज पथरीमा ‘पुरानो बुलेट’ को च्यारिटी शो


साइनो समचारदाता
पथरी । गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’को च्यारिटी शो गरिने भएको छ ।
सोमबार (आज) मोरङको पथरी शनिश्चरेस्थित कञ्चन चलचित्र मन्दिरमा ठीक २ बजेदेखि
प्रद्धर्शन हुन लागेको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर निर्माण गरिएको ‘पुरानो बुलेट’को च्यारिटी शोमा चलचित्रका नायक अनुप विक्रम शाही, नायिका माला लिम्बु र निर्देशक भीषण राईको उपस्थिति रहने बताइएको छ । कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।
सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रतयार फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । पथरीमा दर्शकहरुले कतिको रुचाउछन्, त्यो हर्न बाकी छ ।
यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित खवर