यायोक्खाको बन्द सत्र सुरु - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

यायोक्खाको बन्द सत्र सुरु


साइनो समचारदाता
धरान । ‘इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान’ भन्ने मूल नारासहित सुरु भएको किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
आइतबार विहानदेखि धरानमा जारी बन्द सत्रमा जिल्ला, भातृ र भाषिक÷थरगत संस्थाहरुको लिखित रिपोर्टिङ राख्ने कार्यक्रम जारी रहेको केन्द्रीय सदस्य अर्जुन जम्नेली राईले जताएका छन् । बन्दसत्रले संस्थाको सांगठानिक, आर्थिक, राजनीतिक प्रतिवेदन बारे छलफल गर्दै नयाँ नेतृत्व चयन गरेर समापन हुने उपाध्यक्ष दिवस राईले बताए ।
महाधिवेशनमा ३२ जिल्ला कार्य समिति, २६ भाषिक संस्था, ८ भातृ संस्थाहरु र १७ देशका शाखाबाट करिब एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागी हुने महासचिव विवश राईले जानकारी दिए ।
हिजो भएको उद्घाटन समारोहमा किरात नामप्रति कसैको असहमति नभएको बताउँदै मुख्यमन्त्री राईले प्रदेशको नाम बारे प्रदेशका सांसद र पार्टी प्रमुखहरुसँग छलफल, परामर्श भइरहेको बताएका छन् । नाम विवाद रहित होस भन्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका केन्द्रीय नेताहरुसँग समेत छलफलमा रहेको उनको भनाई थियो । नेताहरुले यही नाम राख्न निर्देशन दिएको भन्ने हल्ला गतल भएको बताउँदै प्रदेशको नाम र स्थायी राजधानी तोक्दा सकेसम्म सबैको भावना समेट्ने प्रयास गर्ने राईले बताए ।

सम्बन्धित खवर