नगरमा २६ हजार बढीले औषधि खाए - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

नगरमा २६ हजार बढीले औषधि खाए


साइनो समचारदाता
पथरी । ४ दिनको अवधिमा औषधि सेवन गर्नेको संख्या २६ हजार ५ सय ४ पुगेको
पथरी शनिश्चरे नगरपालिकाकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाएको छ । शनिवार मात्रै स्वास्थ्यकर्मीहरुले घरघरमा गएर औषधि खुवाउने अभियानमा ६ हजार ५ सय ३६ जनाले औषधि सेवन गरेका छन् ।
ज्येष्ठ नागरिक, राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षक, बुद्धिजिवी, पत्रकार, पेशा व्यवसायीसहितका कर्मचारीहरुको अगुवाईमा औषधि खाने अभियान अघि बढेको छ । २ वर्षमाथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले सवैलाई आफुले पनि औषधि खान र अरुलाई पनि खुवाउने अभियानमा सहभागि हुन नगर प्रमुख दिलिपकुमार राईको अनुरोध छ ।
फागुन १५ देखि सुरु भएको अभियानमा अघिल्ला वर्ष भन्दा यस वर्ष औषधिप्रतिको भ्रम हटेकाले औषधि खाने उत्साह देखिएको उल्लेख देखिएको छ । फागुन १५ गते १० वटा केन्द्रमा र १६ गतेदेखि घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा १० वडाका लागि प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको छ । उनीहरुले घर घरमा तथा विद्यालय विद्यालयमा गएर औषधि सेवन गराइरहेका छन् । १६ हजार ६ सय ५० घरधुरीमा ८० हजार ६ सय ५ जनसंख्या रहेको नगरमा यसअघि २६ जनामा हात्तीपाइलेको जिवाणु फेला परेको थियो ।

सम्बन्धित खवर