रक्तदान तथा स्वास्थ शिविर - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

रक्तदान तथा स्वास्थ शिविर


साइनो समचारदाता
धरान । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरीको आयोजनामा रक्तदान तथा स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविर अन्तरगत नाक कान घाँटी र दन्त शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पस परिवारबाट १०३ प्रिन्ट रगत संकलन भएको थियो भने स्वास्थ्य शिविरबाट करिब १५० जनाले दातको चेकजाच र १२३ जनाले नाक कान घाँटी सम्बन्धी स्वास्थ लाभ लिएको स्ववियु सभापति सरगम सागर चेम्जोङले जनाए ।
विद्यार्थीहरुलाई आफ्नो शैक्षिक बिकाससंगै समाज प्रति उत्तरदायी बनाउन कार्यक्रम गरिएको स्ववियू सचिब सचिव दोर्ची शेर्पाले बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन जस्तो विद्यार्थीको हक र हितको निम्ति लड्ने संस्थाले सामाजिक कार्यमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम गरिएकोमा रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष उमेश थापा प्रशंसा गरेका छन् ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरी र बीपी कोईराला बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग भएको हो ।

सम्बन्धित खवर