विरामीलाई २ लाख ७८ हजार हस्थान्तरण - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

विरामीलाई २ लाख ७८ हजार हस्थान्तरण


साइनो समचारदाता
पान्थर । याङ्वरक गाउपालिका २ पान्थरका २७ वर्षिय रमेश बेघाको थप उपचारमा आर्थिक समस्या देखिएपछि संकलित २ लाख ७३ हजार ७ सय ८० हस्तान्रण गरिएको छ ।
इक्साहाङ इक्मिसो पेखइङ् बेघा थोबोजुमको पहलमा हङ्कङ तथा झापाबाट संकलित सहयोग रकम हस्थान्तरण गरिएको हो । हङ्कङबाट बिजय बेघाले २ लाख ८ हजार, दमकबाट भीमराज बेघाले ४५ हजार ७ सय ८० र विर्तामोडबाट ददिराम बेघाबाट २० हजार नगद सहयोग संकलन गरिएको थियो ।
पुस २२ गते विद्युतको अवरोध हटाउने क्रममा रमेशको करङ र ढाँड भाचिएको थियो । बीएडसी अस्पताल विर्तामोड झापामा उनको उपचार भइरहेको छ । थोबोजुमका महासचिव मंगल बेघाको मोवाइल नम्बर ९८१६०१८९०० सम्पर्ग वा नेपाल बैंक लिमिटेड फिदिम शाखा कार्यालयको खाता नम्बर ०६७००१००८९२३०३०००००१मा सहयोग गर्न अपिल गरिएको छ ।

सम्बन्धित खवर