पथरीमा आजदेखि चौथो नगर वडा स्तरीय कप उद्घाटन खेलमा वडा नम्बर १ र वडा नम्बर ३ आमुन्ने सामुन्ने - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

पथरीमा आजदेखि चौथो नगर वडा स्तरीय कप उद्घाटन खेलमा वडा नम्बर १ र वडा नम्बर ३ आमुन्ने सामुन्ने

साइनो समचारदाता
पथरी । ‘हाम्रो नगर हाम्रो शान, खेलकुद विकास हाम्रो आह्वान’ भन्ने नाराको साथ पथरी शनिश्चरे मोरङमा नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता शुक्रबार (आज)देखि सुरु हुदैछ ।
नगरपालिका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष याम गुरागाईले उद्घाटन भएपछि हुने पहिलो खेल पथरी शनिश्चरे वडा नम्बर ५ र ३ बीच खेल हुने भएको खेल संयोजक विक्की राईले जनाएका छन् । विजयीले वडा नम्बर ४, ९, ७ मध्ये एक टिमसँग फागुन २३ स्पर्धा गर्नुपर्नेछ ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना प्रतियोयोगिताको खेल फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको खेल मैदानमा ३ वजेदेखि हुने प्रतियोगिताको विजयीले नगद ५१ हजार, उपविजयीले ३१ हजार प्राप्त गर्नेछन् । विजयीको पुरस्कार वाल्मीकि मेमोरियल बोडिङ स्कुल र उप विजेताको पुरस्कार ब्रिटिस आर्मी युके ग्रुपले प्रायोजन गरेको खेल संयोजक विक्की राईले जनाएका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गर्ने भएको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर