मोरङ जिल्लासहित १५ जिल्लामा हात्तीपाइले निवारण अभियान सुरु - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

मोरङ जिल्लासहित १५ जिल्लामा हात्तीपाइले निवारण अभियान सुरु

वडा नम्बर २ का वडा सदस्य पर्शुराम न्यौपाने औसधि खाने क्रममा ।

साइनो समचारदाता
पथरी । हात्तीपाइले रोग निवारण अभियान मोरङसहितका १५ जिल्लामा औषधि खुवाउने अभियान सुरु भएको छ । हात्तीपाइले रोग निवारण अभियान मोरङको पथरी शनिश्चरे पनि सुरु गरिएको छ । बुधबार नगर प्रमुख दिलिपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले औषधि खाएपछि अभियानको उद्घाटन् गरिएको हो । वडा÷वडामा भने वडा अध्यक्षहरुले औसधि खाएर उद्घाटन गरेका छन् ।

वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईलगायत औसधि खाने क्रममा ।

नगरको वडा नम्वर १ मा शहरी स्वास्थ्य केन्द्र, २ मा पथरी स्वास्थ्य चौकी, ३ मा वडा कार्यालय पिपलचौक, ४ मा वडा कार्यालय शनिश्चरे, ५ मा स्वास्थ्य चौकी हसहन्द, ६ मा भातेगौडा केन्द्रमा औषधि खुवाइएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई अभियान सुरुवात गर्ने क्रममा ।

यसका साथै वडा नम्वर ७ मा वडा कार्यालय किरातीचौक, ८ मा वुद्ध मावि सोमवारे, ९ मा स्वास्थ्य चौकी शनिश्चरे र १० मा नयाँमंगलवारे वजारमा औषधि खुवाएर अभियानको थालनी गरिएको छ ।

वडा नम्बर ५ का अध्यक्ष जोगबहादुर धिमाल औसधि खाने क्रममा ।

वडा नम्बर ५ मा भने वडा अध्यक्ष जोगबहादुर धिमालले औसधि खाएर अभियानको सुरुवात गरेका छन् । उनले वडाबासी सबैले औसधि खान आग्रह गर्दै हात्तीपाइलेको परिजिवि देशबाट उन्मुलन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा वडा सदस्य जानुका तिम्सिना, चेतन खड्का, हसन्दह स्वास्थ्य चौकीमा प्रमुख पठारलाल राजबंशी, अमरसिंह माविका प्रधानाध्यापक डोमी साह, सहिद राम लक्ष्मण आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष थापालगायतले औसधि खाएका थिए ।

वडा नम्बर ६ का अध्यक्ष जयबहादुर तामाङ वडाबासीलाई औसधि वितरण वितरण गर्दै ।

डाइर्डथाइलकार्बामाजिक(डीईसी) र अबलेन्डाजोन नामक खुवाइने औसधि फागुन १६ गतेदेखि घरघरमै पुगेर खुवाइन्दैछ । औषधि खुवाउन प्रत्येक वडामा ४ जनाका दरले ४० जना स्वास्थ्यकर्मी खटाइएको छ ।

नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य ।

अभियानको पूर्व तयारी स्वरुप नगरको स्वास्थ्य शाखाले वडावडामा अभियानबारे जानकारी गराइएको थियो । औषधि खाएपछि सामान्य वाकवाक लाग्नु, रिङटा लाग्नु स्वाभाविक भएकाले कुनै पनि प्रकारका समस्या भए नडराउन स्वास्थ्यकर्मीको सुझाब छ ।

वडा नम्बर १० का अध्यक्ष सागर राई औसधि खाने क्रममा ।

औषधिको भरमा बाँचेका दीर्घ रोगी ( मुटु, क्यान्सर, कलेजो, मृगौला, फोक्सो, छारे रोग) गर्भवती, ७ दिन सम्मका सुत्केरी, २ वर्ष मुनीका बालबालिका, ७० वर्षमाथिका ज्येष्ठ, २४ घण्टाभित्र ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनीका बालबालिले यो औषधि खान हुँदैन । साथै औषधि खान मिल्नेले पनि खाली पेटमा औषधि खान हुँदैन ।

वडा नम्बर ९ मा हात्तीपाइले निवारण कायक्रम हुदै ।

सम्बन्धित खवर