जेनीथ नवौं बर्षमा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

जेनीथ नवौं बर्षमा


साइनो समचारदाता
कानेपोखरी । जेनीथ इ्ङ्लिस स्कुल कानेपोखरी ६ मोरङ नवौं वर्षमा प्रवेश गरेको छ । स्कुलले नवौ वार्षिक उत्सब तथा अभिभावक दिवस भव्यरुपले मंगलबार सम्पन्न गरेको छ ।


कार्यक्रममा प्रमुख अथिति गाउँपालिकाका अध्यष ताराबहादुर काफ्लेले शिक्षा ऐन संघीय सरकार, प्रदेश सरकारले नबाइसकेकाले स्थानीय तहमा उल्लेखनीयका काम गर्न नसकेको बताएका छन् । उनले स्थानीय सरकारले शिक्षा क्षेत्रमा विद्यालयको स्वीकृत, अनुगमन र सामान्य निर्देशन मात्र दिने गरेको अवगत गराएका छन् । सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्कीले अभिभावकहरुलाई प्रशिक्षण गराएका थिए । भने लागु औसध नियन्त्रण समितिका अध्यक्ष विवेक योङहाङलगायतले बार्षिक उत्बसमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले ‘बल्ल भेट भो…’, ‘टुना र डम्फु…’लगायत गीतमा नृत्यहरुको प्रस्तुति राखिएको थियो ।
उत्बसको अवसरमा वार्षिक स्पोट्स मिटको पनि आयोजना गरिएको थियो । स्पोट्स मिटमा उत्कृष्ट २ सय २८ जना विद्याथीहरुलाई शनिबार पुरस्कार वितरण गरिएको थियो । खेलमा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरुले स्पोन रेस, हिसाब दौड, १सय मिटर दौड, सियोधागो दौड, चक्लेट दौड लगायतका १६ वटा खेलमा सहभागिता जनाएका थिए । जम्मा २४ वटा खेलमा जम्मा ३ सय १० जना विद्यार्थीहरु सहभागी भएको खेलमा २ सय २८ जना खेलमा प्रथम, द्धितिय र तृतीय भएका भाइस प्रिन्सिपल जयबहादुर राईले बताए ।


२०६६ सालमा १४५ विद्यार्थीवाट कक्षा सुरु विद्यालयले हाल कक्षा नर्सरी देखि कक्षा ९ सम्मको अनुमति लिदै ३६५ विध्यार्थीलाई अध्यापन गराउँदै आएको छ ।

सम्बन्धित खवर