हात्तीपाइले (फाईलेरिया) रोग भनेको के हो - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

हात्तीपाइले (फाईलेरिया) रोग भनेको के हो

१. हात्तीपाइले (फाईलेरिया) रोग भनेको के हो र यो कसरी लाग्छ ?
हात्तीपाइले(फाईलेरिया) रोग मानिसलाई नराम्रोगरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपा∙
बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण
भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव
शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । संक्रमण गराउने यस्ता परजिबी तीन प्रकारका हुन्छन् ।

क. उचेरेरिया बाँन्क्रोटी  ९० प्रतिशत
ख. ब्रुजिया मालायी 
ग. ब्रुजिया टिमोरी 
नेपालमा हात्तीपाइले(फाईलेरिया) रोग उचेरेरिया बाँन्क्रोटी नामकोपरजिवीद्वारा मात्र लाग्नेगरेकोपाइएको
छ ।

२. हात्तीपाइले (फाईलेरिया) रोगको परजिवीको जीवन चक्र
हात्तीपाइले (फाईलेरिया) परजिवीहरूको जीवन चक्र तल देखाइएको छ । हात्तीपाइले (फाईलेरिया)
परजिवीहरूलेआनोजीवन चक्रकोकेही भाग मानव शरीरमा र केही भाग लामखुट्टेकोशरीरमा बिताउ“छ ।
२.१ मान्छेमा हुने चक्रको भाग
क्यूलेक्स संक्रमित पोथी लामखुट्टे (फाईलेरिया परजिवीबाट संक्रमित भएका) ले मान्छेलाई टोक्दा
यसको मुख र सु“ढ (प्रोबोसिस) मा रहेकोइन्फेक्टीभ् स्टेजको (तेश्रो अवस्थाको) लार्भा परजिवी मानिसको
छाला भित्र प्रवेश हु“दैशरीरकोलिम्फ नलीहरूमा पुग्दछ । यी लार्भा परजिवी लिम्फ नलीमा विस्तारैबयस्क
अवस्थामा विकसित हुन थाल्दछन्र यिनीहरूकोउपस्थितिलेगर्दा पछि लिम्फ नलीहरूमा लिम्फ बग्नेकार्यमा
अबरोध उत्पन्न हुनेगर्दछ । यसैकोकारणलेसोठाउ“वरीपरी सुन्निनेहुन्छ । यस्तोअवस्था शरीरका विभिन्न
भागहरूमा हुन सक्नेभए तापनि खुट्टामा र यौना∙मा बढी हुनेगरेकोदेखिएकोछ । समय बित्दैजा“दा खुट्टा
हात्तीको पाइला जस्तै भएर जाने भएको कारणले नै हात्तीपाइले ९भ्भिउजबलतष्बकष्क० भनेर नामाकरण गरिएको
हुन सक्छ । बयस्क अवस्थामा पुगेका पोथी (उचेरेरिया बा“न्क्रोटी) परजिवीलेअत्यन्तैसानोआकारका (०.३
मि. मि.) बच्चाहरू (माइक्रोफाइलेरिया) पैदा गर्दछन् । यी बच्चाहरू दिउ“सो मान्छेको रगत बग्ने ठूला
नलीहरूमा बस्ने गर्दछ भने रात्रीको समयमा छाला मुनिका मसिना रगत नलीहरूमा गएर बस्ने गर्छन् । यहि
कारणले गर्दा हात्तीपाइले (फाईलेरिया) रोगबाट संक्रमण भएको छ छैन सो को निदान गर्न रगत जॉच गर्नका
लागि रगत नमूना सुतेको समयमा राती १० बजे देखि बिहान २ बजे भित्रको समय पारेर लिइन्छ ।
पहिलो संक्रमण (लामखुट्टेको टोकाईबाट) भएदेखि शरिरमा परजिवी वयस्क भै भाले परजिवीसंग संसर्ग
पछि उत्पादन भएका बच्चाहरु (माइक्रोफाइलेरीया) ब्यक्तिकोरगतमा देखिन कम्तिमा नौमहिना लाग्छ ।
परजिवीकोआयुऔसतमा ४–६ वर्षकोहुन्छ तर यिनीहरू १५ वर्ष सम्म पनि बा“च्न सक्छन्।
२.२ लामखुट्टेमा हुने चक्रको भाग
हात्तीपाइले(फाईलेरिया) परजिवीद्वारा संक्रमित भएकोमान्छेकोशरीरमा खासगरी रात्रीकोसमयमा
छालामुनि रहेकोरगत नलीहरूमा लार्भाहरु (माइक्रोफाइलेरीया) आएर बस्नेहु“दा सोसमय तिर क्यूलेक्स या
अन्य जातका लामखुट्टेले टोक्ने मौका पायो भने चुसेको रगतसँगै ती माइक्रोफाइलेरीया पनि उक्त लामखुट्टेको
पेटभित्र पुग्दछन् र सो लामखुट्टे यस प्रकारले संक्रमित हुन पुग्छ । लामखुट्टेको पेटमा पुगेको माइक्रोफाइलेरीया
तुरून्त छातिका मासुमा गएर बस्ने गर्छन् जहाँ यिनीहरूको विस्तारैविकास भैलार्भा पहिलो, दोश्रो अनि
तेश्रोअवस्थामा पुग्छन्योतेश्रोअवस्थाकोलार्भा लाई संक्रमणकारी परजिवी (इन्फेक्टीभ्स्टेज) भन्दछन्। यो
इन्फेक्टीभ्स्टेजकोपरजिवीहरू लामखुट्टेकोटाउकोर सुँढ (प्रोबोसिस) मा गएर बस्छन्र कुनैपनि बेलामा
अर्को स्वस्थ मान्छेलाई यी संक्रमित लामखुट्टेले टोक्दा ती परजिवीहरू उक्त व्यक्तिमा सर्ने हुन्छ र यसरी त्यो
व्यक्ति हात्तीपाइले (फाईलेरिया) परजिवीबाट संक्रमित हुन जान्छ । लामखुट्टेमा परजिवीको विकास हुन १–२
हप्ता लाग्दछ ।


३. हात्तीपाइले (फाईलेरिया) रोगको लक्षण तथा चिन्हहरू
क. ज्वरोआउनु, जाडोलाग्नुर शरीरमा कम्पन हुनु,
ख. लिम्फ नलीहरू सुन्निनु, रातोभईदुख्नु, हात गोडामा नीला काला धर्साहरू देखिनु,
ग. गिर्खाहरूकोआकार बढ्नु, दुख्नु,
घ. पुरुषमा अण्डकोष वरपरका नसाहरू फुल्नु÷दुख्नु,
ङ. अण्डकोष ठूलोहुनु÷दुख्नु, गिर्खाहरू भेटिनु, पछि हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलोहुनु),
च. महिलामा योनी र स्तन सुन्निनु÷दुख्नु, स्तनमा गिर्खा आउनु,
छ. खुट्टा सुनिएर ठूलो आकारको वा हात्तीपाइले हुनु,
ज. हात सुन्निनु,
झ. पिसाब सेतो वा रातो आउनु
ञ. लामोसमयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इसिनोफिलकोमात्रा बढ्नु,
नोट – यो रोग एक रोगीबाट अर्काेमा सर्ने माध्यम लामखुट्टेको टोकाइबाट नै हो ।
धेरै जसो मानिसहरूमा माथी उल्लेखित लक्षणहरू नदेखिन सक्छन् । बाहिर स्वस्थ देखिने तर
यिनीहरूकोरगत ज“ँच्दा भनेरगतमा यस रोगको परजिवी (माइक्रोफाइलेरीया) पाइन्छन् । शरिर भित्रका
अंगहरु जस्तै मृगौला विस्तारै खराब हुंदै जान्छ ।
समयमैउपचार नभएमा रोग दिर्घ भैपिसाव सम्बन्धी (मृगौला खराब हुने) रोग लाग्ने, बिभिन्न
अंगहरु सुन्निने, शारिरीक असमर्थ, कुरुप, अपा∙ हुनेर यसबाट साधारण दैनिक कार्य गर्नमा समेत बाधा
पर्न जाने, दैनिक आय आर्जनमा कमी आउने, आर्थिक समस्या थपिने, जसको कारणले जीवनभर सामाजिक,
मानसिक तथा आर्थिक पछौटेपन गराउँछ । गरिब झन गरिबी तिर धकेलिन्छ । बिबाह गर्नमा समस्या आउने,
यदि बिबाह भै सकेको भए बिछोड हुन सक्ने, परिवार तथा समाजबाट अपहेलित हुन्छ भने अर्को तर्फ यो
रोगको कारक तत्व परजिवी शरिरमा भैरहदा लामखुट्टेको टोकाईको माध्यमबाट अर्को स्वस्थ मानिसमा रोग
सर्न÷सार्नमा मद्दत पुर्याईरहेको हुन्छ । त्यसकारण हात्तीपाइले (फाईलेरिया) रोग लाग्नबाट बच्न र बचाउन
समयमा नै यस रोग बिरुद्धको औषधी चक्की सेवन गरी आफू सुरक्षित हुनु बुद्धिमानी हुन्छ । रोगको लक्षण
देखिए पछि पहिलाकै अबस्थामा फर्काउने कुनै उपचार उपलब्ध छैन । तर समयमानै उचित उपचार तथा
स्याहार गरेमा रोगलाई धेरै विग्रनबाट रोकथाम गर्न सकिन्छ ।
४. हात्तीपाइले (फाईलेरिया) रोगको परीक्षण
हात्तीपाइले(फाईलेरिया) रोग निम्न तरिकाहरूबाट पत्ता लगाउन सकिन्छ ः
१. रोगका लक्षण तथा चिन्हरूबाट ।
२. रातिको समयमा लिएको रगत जाँच गरी परजिवी (माइक्रोफाईलेरीया) फेला पारेर ।
३. हाइड्रोसिल (सुनिएको अण्डकोष) बाट निकालेको झोल पदार्थ या पिसाब जाँच गरी परजिवी
(माइक्रोफाईलेरीया) पत्ता लगाएर ।
४. रगत वा सेरोलोजिकल परिक्षण (ईम्यूनोक्रोमाटोग्राफिक टेष्ट) बाट ।

५. विश्वमा हात्तीपाइले (फाईलेरिया) रोगको वस्तुस्थिति
हात्तीपाइले (फाईलेरिया) रोग विश्वका ७० भन्दा बढी मुलुकहरूमा पाइएको छ । यी देशहरूमा
बसोबास गर्ने एक अरब चालिस करोड भन्दा बढी मानिसहरू योरोगको संक्रमणको जोखिममा रहेका
छन् । हाल १२ करोड मानिसहरू यो रोगबाट संक्रमित भएको अनुमान गरिएको छ । यस मध्ये १.५
करोड मानिसहरुमा हात्तीपाईलेर २.५ करोडमा अण्डकोष तथा यौना∙ सुन्निएकोपाईएकोछ । बाँकी दुई
तिहाई मानिसहरू (८ करोड) साधारण खाले लक्षणहरू वा बाहिरी लक्षणहरु नदेखिएको अबस्थामा छन् ।
हात्तीपाइले (फाईलेरिया) रोगबाट प्रभावित मुलुकहरू मध्ये धेरै जसो दक्षिण अमेरिका, अफ्रिका,
दक्षिण पूर्व एशिया र पश्चिमी प्रशान्त एशियाका अधिकांश सर–सफाईको कमी भएका गरिब मुलुकहरु
पर्दछन्। सन्२००० देखि २०१६ सम्म विश्वमा ८२ करोड भन्दा बढि मानिसले६ अरब भन्दा बढि मात्रा
औषधि सेवन गरिसकेका छन्। जसका कारण झण्डै१० करोड जनामा नया“संक्रमण हुन रोकिएकोअनुमान
गरिएको छ ।

६. दक्षिण पूर्व एशियामा हात्तीपाइले (फाईलेरिया) रोगको अवस्था
हाम्रो दक्षिण पूर्व एशिया क्षेत्र भित्र हात्तीपाइले (फाईलेरिया) रोगबाट प्रभावित ठाउँहरूमा बसोबास
गर्ने विश्वकोकूल प्रभावित क्षेत्रमा बस्नेसङ्ख्याको६२∞ अर्थात ८० करोड भन्दा बढी मानिसहरू छन्। त्यस्तै
६ करोड मानिसहरूलाई यो रोग लागेको अथवा यिनीहरूको रगतमा यो रोगको परजिवी रहेको पाइएको छ ।
यी मध्येछिमेकी मुलुक भारतमा मात्रैतीन खण्डकोदुई खण्ड भन्दा बढी मानिसहरू बस्नेगरेका तथा रोग
लागेका विरामीहरू पाइएको छ ।

७. नेपालमा हात्तीपाइले (फाईलेरिया) रोगको अवस्था
नेपालमा हात्तीपाइले (फाईलेरिया) रोग शताब्दिऔं देखि पाइएको पुरानो रोग हो । यो रोग करिव
चार हजार बर्ष पुरानो रोग मानिन्छ । देशमा जनघनत्वको वृद्धि, बसाई सराई, गरिबी, अशिक्षा, वातावरणीय
असंतुलन, स्वास्थ्य सेवामा कमी आदिका कारणहरूले गर्दा यो रोग विस्तारै फैलदै गइरहेको र विरामीको
सङ्ख्यामा बृद्धि हुदैआइरहेकोतथ्यांकबाट पुष्टि गर्दछ । यसैगरी देशभर फिंजिएर रहेका विभिन्न स्वास्थ्य
संस्थाहरूमा यो रोगका विरामीहरू रोग निदान र उपचारका लागि आएको तथ्य स्वास्थ्य सेवाको प्राप्त
तथ्यांकबाट पुष्टि गर्दछ ।
त्यस्तै सन् २००१, २००५/२००६ र २०१२ मा गरिएको इम्मुनोक्रोमाटोग्राफिक इपिडिमियोलोजीकल
म्यापिङ्ग अध्ययनबाट र एकिकृत स्वास्थ्य ब्यबस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्या∙को
आधारमा जम्मा ६१ जिल्लाहरू (नवलपरासी र रुकुम ४ जिल्ला भएपछि ६३ जिल्लाहरु) योरोगबाट प्रभावित
भएकोपाइएकोछ । हिमाली १२ तथा पहाडी २ गरी जम्मा १४ जिल्लाहरुमा योरोग जनस्वास्थ्य समस्याको
रुपमा देखिएको छैन ।
नेपालमा हात्तीपाइले (फाईलेरिया) रोग एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा स्थापित भैसकेकोले
हाल यस रोगबाट प्रभावित इलाकाहरूमा बसोबास गर्ने मानिसहरू देशकोकूल जनसङ्ख्याको९०∞ रहेको
अनुमान गरिएकोछ । योरोग भौगोलिक दृष्टिकोणलेलामखुट्टेपाइनेसबैजसोठाउ“हरू जस्तैतराई, पहाड,
गाउँ, शहर, बेशी आदिमा पाइएकोअनुमान गरिएकोभएता पनि रोगीहरूकोसङ्ख्या तराई इलाकाहरूमा
अपेक्षाकृत बढी देखिएकोछ ।

८. हात्तीपाइले (फाईलेरिया) रोगको परिक्षण, उपचार तथा रोकथाम विधि 
८.१ समयको परिवर्तनका साथ साथै औषधी विज्ञानले पनि निकै फड्को मारिसकेको छ ।
बर्षौको अध्ययन अनुसन्धान पछि बैज्ञानिकहरुले पुरानै औषधीको प्रयोग गरी हात्तीपाइले (फाईलेरिया) रोगको
उपचार तथा रोकथामको लागि सरल, उपयुक्त, प्रभावकारी उपचार विधि विकास गरेका छन् । बैज्ञानिकहरू
धेरैहदसम्म सफल पनि भए । हाल यस रोग निदानका लागि पहिलेकोजस्तोमध्यरातकोसमयमा विरामीको
रगत लिईराख्नुपर्ने झन्झट छैन । अहिलेका विकसित तरीकामा जुन बेला बिरामी जहाँ उपलब्ध हुन्छ सोही
बेला सोही ठाउँमा हातको औलाबाट रगत निकालेर जाँच गरेमा सो व्यक्ति हात्तीपाइले (फाईलेरिया) रोगबाट
संक्रमित छ छैन भन्ने कुरा १० मिनेटमा थाहा पाउन सकिन्छ ।
८.२ बैज्ञानिकहरुले विकास गरेको हात्तीपाइले (फाईलेरिया) रोगको उपचार तथा रोकथामको
लागि सरल, उपयुक्त, प्रभावकारी उपचार विधिमा दुई प्रकारका औषधी चक्कीहरु छन् जुन वर्षौ देखि प्रयोगमा
आइरहेको औषधी नै हुन क) अल्बेन्डाजोल र ख) डाइईंथाइलकार्बामाइजिन । दुवै प्रकारको औषधी यो रोगबाट
प्रभावित जिल्लाहरुमा बसोबास गर्ने दुई बर्ष भन्दा माथीका गर्भवती र सात दिन भित्रका सुत्केरी महिला तथा
सिकिस्त विरामी बाहेक अरु सबै मानिसहरूले बर्षको एक पटक एक मात्रा खानु पर्ने हुन्छ । एक बर्ष गरिएको
एक मात्रा औषधी सेवनबाट सोही बर्षका लागि मात्र हात्तीपाइले(फाईलेरिया) रोग हुनबाट बचाउ“दछ । यी
औषधीहरु बर्षकोएक पटक ६ बर्ष सम्म लगातार आम औषधी सेवन कार्यक्रमको समयमा सेवन गरेमा
मानव शरिरमा रहेका यस रोगका परजिवीहरु तथा सम्भावित श्रोतहरु नष्ट हुन्छन्र रोग सर्ने प्रक्रियामा
कमि आउछ । जसको फलस्वरुप जन स्वास्थ्य समस्याको रुपमा रहेको हात्तीपाइले (फाईलेरिया) लाई निवारण
गर्न सकिन्छ । यसरी प्रत्येक घरपरिवारका सदस्यलेबर्षकोएक÷एक पटक ६ बर्षसम्म योऔषधी सेवन गरे
पछि यो रोग निवारण चरणमा पुग्ने भएकोले आउने सन्ततीहरु यस रोग हुनबाट सधै सधैंको लागि सुरक्षित
हुन्छन् ।
८.३ हात्तीपाइले(फाईलेरिया) रोग भएका मानिसहरुमा (लक्षण देखिएका र बाहिर लक्षण नदेखिएका
तर भित्र शरिरमा यो रोगको परजिवी भएका ) यो औषधी सेवनबाट शरीर भित्र रहेको परजिवी नष्ट भै रोग
अरु छिप्पिनेर अपा∙ हुनबाट बच्नेहुन्छ र रोगकोलक्षण विकास हुन पाउदैन । त्यसैलेकोही पनि व्यक्ति,
हात्तीपाइले (फाईलेरिया) रोग लागेको होस् अथवा नलागेको होस् यो दिइएको औषधीले रोगको उपचार हुनुको
साथसाथै रोग लाग्नबाट समेत बच्न र बचाउने हुनाले सबैले यो औषधी सेवन गर्नु आवश्यक छ । यी दुबै
औषधी वर्षौं देखि उपचारको लागि प्रयोगमा आइरहेको औषधी नै हुन् ।
योऔषधीकोप्रयोगबाट चीन, जापान, दक्षिण कोरिया, ताइवान, टोगो, मालदिप्स, श्रीलंका, कम्बोडिया तथा
भानुआतु लगायतका देशहरुले हात्तीपाइले (फाईलेरिया) रोग लाई निवारण गरी सकेका छन् ।

९. हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रम
विश्व स्वास्थ्य संगठनको सन् १९९७ मे महिनामा बसेको पचासौं महासभाले प्रभावकारी, सरल,
सुलभ र किफायती औषधी उपचार तथा रोकथामको लागि उपलब्ध भएको विधिलाई ध्यानमा राखि जन
स्वास्थ्य समस्याको रूपमा रहेको हात्तीपाइले (फाईलेरिया) रोगलाई सन् २०२० भित्र विश्वबाट निवारण गरौं
भनेर यस रोगबाट प्रभावित विश्वका सबै मुलुकहरुलाई सन् २००० देखि नै हात्तीपाइले (फाईलेरिया) रोग
निवारण कार्यक्रम सञ्चालन गर्न गराउन आव्हान गरिए अनुसार नेपालले पनि सो आव्हानलाई सिरोपर गरी
हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रम सञ्चालन गर्ने भनेर राजनैतिक प्रतिबद्धता गरि सकेको छ ।
नेपालमा पनि सन् २००३ देखि नैयोकार्यक्रम शुरु भई हाल प्रभावित सबै६१ जिल्लाहरुमा आम औषधी
सेवन कार्यक्रम सञ्चालन भईसकेकोछ । हाल सम्म ६१ जिल्लाहरु मध्ये३१ व्टा जिल्लाहरुमा आम औषधी
सेवन कार्यक्रम समाप्त भई निगरानी को चरणमा प्रवेश गरेका छन् ।

९.१ यस कार्यक्रमका मुख्य दुईवटा उद्धेश्य रहेका छन् ।
क. हात्तीपाइले(फाईलेरिया) रोग फैलनुबाट रोक्नुर विरामीकोसंख्यामा कमी ल्याउनु।
ख. हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु ।
एकिकृत भेक्टर ब्यबस्थापन पनि यो रोग निवारण गर्ने अतिरिक्त
रणनीति रहेको छ ।
९.१.१ हात्तीपाइले (फाईलेरिया) रोग फैलनुबाट रोक्नु र विरामीको सङ्ख्यामा कमी ल्याउनु ।
यो रोगबाट प्रभावित जिल्ला भित्र बसोबास गर्ने दुईबर्ष मुनिका बालबालिकाहरु, गर्भबती र सात
दिन भित्रका सुत्केरी महिला तथा सिकिस्त विरामी बाहेक प्रत्येक व्यक्तिलाई वर्षको एक पटक, लगातार ६
वर्ष सम्म निम्न दुई प्रकारका औषधीहरु सेवन गर्न लगाई हात्तीपाइले(फाईलेरिया) रोग लाग्नबाट बच्न र
बचाउन सकिन्छ अथवा रोग फैलनबाट रोक्न सकिन्छ ।

खानुपर्ने दुई प्रकारका औषधीहरु ः
१. डाइईंथाइलकार्बामाजिन चक्कीः
६ मि.ग्रा. प्रति के.जी शरीरको तौल अनुसार एकै मात्रा मात्र खाने
२. अल्बेन्डाजोल चक्कीः
४०० मि.ग्रा.को एक चक्की मात्र खाने
यी दुवै प्रकारका औषधीहरु खानासँगै अथवा खाना पछि खानु पर्दछ । खालीपेटमा औषधी खानु हुदैन ।

निम्नलिखित अवस्थाका व्यक्तिहरूलाई उक्त औषधीहरु सेवन गर्न दिनु हुदैन ः
१. दुई वर्ष उमेर नपुगेका केटाकेटीहरू
२. गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु
३. सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको
लागि औषधि सेवन गरिराखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ
रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका
बालवालिकाहरु)
साबधानी  ७० बर्ष भन्दा माथिका बृद्ध–बृद्धाहरुलाई स्वास्थ्यकर्मीलेस्वास्थ्य जा“च गरेर माथि उल्लेखित दीर्घ
रोग नलागेको यकिन गरेर मात्र औषधी खुवाउनु पर्छ ।
नोट  आम औषधी सेवन अभियानको समयमा औषधी खान छुटेका तथा रोगी ब्यक्तिहरु रोग निको भए पछि
नजिकको स्वास्थ्य संस्थामा गई औषधी सेवन गर्न सक्नेछन् ।
ीे औषधीहरुको सेवन पश्चात कसैकसैलाई ज्वरो आए जस्तो हुने, टाउकोदुख्ने, रि∙टा लाग्ने,
वाक वाकी लाग्ने, बान्ता हुने, पेट दुख्नेआदि खालका सामान्य असर हुन सक्दछन्। शरीरमा योरोगको
परजिवी भएकोअवस्थामा यस्ता असरहरु बढी हुनसक्दछन्। यस्तोअसर देखिएमा आफ्नोशरिरमा परजिवी
रहेछ सो को समयमा नै उपचार भएछ अब मलाई हात्तीपाइले (फाईलेरिया) रोग हुंदैन भनि बुझ्नु बुझाउनु
पर्दछ । यस्ता असरहरु विना उपचार आफैएक÷दुई दिनमा ठीक भएर जान्छन्तर कसैकसैलाई अलि बढी
असर भएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाने सल्लाह दिनु पर्दछ या आफुले आवश्यक सहयोग गरी
दिनु पर्दछ ।
यो हात्तीपाइले (फाईलेरिया) रोगको औषधी उपचारमा प्रयोग हुने अल्वेन्डाजोल
नामक चक्की औषधीको सेवनले हात्तीपाइले (फाईलेरिया) रोगका परजिवीलाई नष्ट गर्नुका साथै पेट र
आन्द्रामा हुने विभिन्न थरीका जूकाहरू जस्तै अंकुशे जुका  गोलो जूका
चूर्ना जुका आदिको समेत उपचार हुन्छ । साथै हात्तीपाइले (फाईलेरिया) रोगको औषधी सेवन
गरेपछि जूकाकोलागि अलग्गैऔषधी खाईराख्नुपर्दैन ।

९.१.२. हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउने ।
क) हात्तीपाइले (फाईलेरिया) बिरामीका पैतला, पिडौला अथवा अन्य कुनै अंग सुन्निएको÷दुखिरहेको भएमा
निम्न उपचार तरिकाहरू अपनाउन सकिन्छ ः
१. रोगले असर गरेका अङ्ग÷भागलाई दिनको दुई पटक साबुन पानीले धुने र सफा नरम कपडाले
सुख्खा हुनेगरि पुछ्ने।
२. राती सुत्दा वा अन्य समयमा रोगले असर गरेका अङ्गहरु खास गरी खुट्टालाई अलि माथी उठ्ने
गरी राख्ने।
३. दैनिक साधारण व्यायाम गर्न लगाउने। यसलेलिम्फ नलीहरू सञ्चालन हुनमा मद्दत मिल्दछ ।
४. हातगोडाका नङहरू सफा राख्ने।
५. सजिलो खालको जुत्ता वा चप्पल लगाउने ।
६. घाउ भएकोरहेछ भनेसोठाउ“मा एण्टिसेप्टिक या एण्टिबायोटिक मल्हम लगाउने। तर घाउ ठूलो
भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार खाने एण्टिबायोटीकको प्रयोग गर्न सकिन्छ ।
७. यदि दुखाई बढी भएमा दुखाईकम गर्ने औषधी खानेतथा प्रभावित अंगलाई चिसोपानीमा डुवाउने।
८. ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा जचाउन जाने ।

ख) बिरामीहरुकोआफैलेस्याहार गर्ने बिधि तथा हाइड्रोशिल अपे्रशन कार्य ।

१. बिरामीकोनक्सा∙न र आफैलेस्याहार गर्ने बिधि ः आ. व. २०७२÷०७३ देखि २ वटा जिल्लाहरु
(धादि∙ र कञ्चनपुर) बाट शुरु गरिएकोहात्तीपाईलेरोगका कारण संक्रमित अंगहरुकोविरामीहरु
आफैलेस्याहार गर्नेविधिका बारेमा सञ्चालित कार्यक्रम आ.व. २०७४÷०७५ सम्म १२ जिल्लाहरुमा
सम्पन्न भईसकेको छ र क्रमशः सबै हात्तीपाईलेरोग प्रभावित जिल्लाहरुका संचालन गरिनेछ ।
जसमा सम्बन्धित जिल्लाका स्थानिय स्वास्थ्य संस्थामा रहेका सबै स्वास्थ्यकर्मीहरु तथा महिला
स्वास्थ्य स्वयम सेविकाहरु लाई बिरामीको नक्सा∙न गर्ने र आफैले स्याहार गर्ने बिधिका बारेमा
अभिमुखिकरण तालिम संचालन गरिनेछ । तालिम पश्चात स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम
सेविकाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने गाउ“÷टोल तथा घरघरमा गई हात्तीपाइले संग सम्बन्धित
बिरामीहरुको तथ्या∙ संकलन गर्ने साथैती बिरामीहरुकोघरैमा बसी बिरामीहरु आफैलेआफ्नो
स्याहार गर्ने तरिकाका बारेमा सिकाउनेछन्। अन्य जिल्लाहरुको हकमा बिरामीको नक्सा∙न र
आफैले स्याहार गर्ने बिधिका बारेमा आम औषधी सेवन अभियानकैसमयमा अलिबढी जोड दिई
ब्यबस्थित गर्दै लगिनेछ ।
२. हाइड्रोशिल अपे्रशन ः हात्तीपाइले रोगको प्रकोप देखापरेका ६१ वटा जिल्लाहरु र संकास्पद हात्तीपाइले
रोगीहरुको रिपोर्टीङ भैराखेका केही जिल्लाहरुमा रहेका सबैजसो सरकारी अस्पतालहरुबाट निःशुल्क
हाइड्रोशिल अपे्रशन सेवा प्रदान गरीनेछ । आ.व. २०७२÷०७३ बाट अभियानकोरुपमा सुरुवात
गरिएको योकार्यक्रम यस वर्ष पनि कायमैरहेको छ, जसमा सबैजसो हाइड्रोशिल बिरामीहरुको
निःशुल्क अपे्रशन गरीने छ ।

१०. किन दुबै थरीको औषधी प्रयोग गरिन्छ ?
हात्तीपाइले(फाईलेरिया) रोगकोउपचार तथा रोगबाट बच्न र बचाउनका लागि प्रयोग गरिनेम्भ्ऋ
(सानो चक्की) र ब्दिभलमबशयभि(ठूलो चक्की) दुबै प्रकारको चक्की औषधीहरु परजिवी विरूद्ध काम गर्ने औ
षधीहरू हुन् । एक प्रकारको औषधी मात्र प्रयोग गर्दा त्यसले परजिवी निस्क्रिय नहुन अथवा नमर्न पनि सक्छ ।
तर दुबैथरीकोऔषधी प्रयोग गर्दाशरीरमा रहेकोसबैपरजिवीहरूलाई नष्ट गरी दिन्छ । लगातार ६ वर्षसम्म
औषधी सेवन गर्ने समुदायमा स्थायी रुपमा परजिवी नष्ट भइ रोग निबारण हुन्छ ।

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, डिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

सम्बन्धित खवर