एभरेष्टको ३३ औं अभिभावक उत्सब - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

एभरेष्टको ३३ औं अभिभावक उत्सब


साइनो समचारदाता
पथरी । एभरेष्ट इङ्लिस बोडिङ सेकेन्डरी स्कुल पथरी शनिश्चरे, मोरङले आफ्नो ३३ औं बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यार्थीलाई पुरस्कार वितरण गर्ने क्रममा सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्की।

सोमबार गत बर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिधार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । बिद्यालयले प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई क्रमशः सतप्रतिशत, पचास प्रतिशत र पच्चिस प्रतिशत छात्रवृत्ति दिदै आएको छ । बर्ष भरी विभिन्न खेलकुद प्रतियोगितामा सफल बिद्यार्थीहरुलाई समेत सम्मान र पुरस्कार वितरण पनि गरिएको थियो । विद्यालयबाट मासिकरुपमा प्रकाशन हुदै आएको एभरेष्ट भ्वाइसका प्रधान सम्पादक महेन्द्र राउतलाई पनि विद्यालयले सो अवसरमा सम्मान गरेको छ । कार्यक्रममा सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्की, विद्यार्थी भविसा कट्टेललगायतले सम्बोधन गरेका थिए । वार्षिक उत्सब तीन दिनसम्म चलेको थियो ।

मन्तव्य राख्ने क्रममा विद्यार्थी भविसा कट्टेल ।

उत्बसको पहिलो दिन शनिबार अभिभावकहरुलाई लक्षित गरेर छेलो, म्युजिकल चियर, डोरी तानाताने, हाडी फुटाइ, सियोमा धागो उन्ने लगायतको प्रतियोगिता गरेको थियो । दोस्रो दिन आइतबा।र प्ले ग्रुपदेखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले बिज्ञान, प्रविधिलगायतको विषयमा १३ वटा स्टलमा शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका थिए । कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुले थ्री डी, हिटर, एसी, होनोग्राम, वाटर सेन्सोर, बोड, वार्किङ, मोडल अफ हार्ट, क्रेन, लिफ्ट बनाएर प्रदर्शनी स्थलमा राखिएको कक्षा १२ का विद्यार्थी डेनिस खनालले बताए । कक्षा १२ का विद्यार्थीहरुले बनाएको स्टलमा अवलोकनकर्ताहरुले विशेष चाख दिएर हेरेका छन् । विद्यालयले अघिल्लो साल पनि शैक्षिक प्रदर्शनी गर्न थालेको हो ।

सम्बन्धित खवर