हात्तीपाइले रोग निवारण अभियान सफल पार्न स्थानीय सरकारको अपिल - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

हात्तीपाइले रोग निवारण अभियान सफल पार्न स्थानीय सरकारको अपिल

साइनो समचारदाता
पथरी । हात्तीपाइले परिजिविको सङक्रमण दर घटाउने उद्देश्यले हात्तीपाइले रोग निवारण अभियान थालिएको छ । सोमबार पत्रकारको सम्मेलनको आयोजना गरी अभियान सफल पार्न स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाले आग्रह गरेका छन् ।
नगर प्रमुख दिलिपकुमार राईले फागुन १५ गतेदेखि वडाका १० वटामा सामुहिक औसधि खुवाइने, त्यसपछि विद्यालयमा खुवाइने र अन्तिममा घरघरमा स्वास्थ्यकर्मी पुगरेर खुवाइने कार्यक्रम रहेको बताएका छन् । औषधि खुवाउने अभियान अन्तर्गत, वडा नम्वर १ को नगरपालिका कार्यालय परिसरको सहरी स्वास्थ्य केन्द्र, २ को पथरी स्वास्थ्य चौकी, ३ को वडा कार्यालय, ४ को वडा कार्यालय र ५ को हसन्दह स्वास्थ्य चौकीलाई तोकिएको छ । त्यसैगरी, ६ का लागि भातेगौंडा बजार, ७ का लागि किराती चोक, ८ का लागि बुद्ध मावि, ९ का लागि वडा कार्यालय र १० का लागि नयाँ मंगलबारे डाँडामा औषधि खुवाइने केन्द्र तोकिएको छ । डाइर्डथाइलकार्बामाजिक(डीईसी) र अबलेन्डाजोन नामक औसधि खुवाइने अभियानमा ५० स्वास्थ्यकर्मी परिचालन गरेर ७ दिनसम्म सञ्चालन गरिनेछ । नगरकी उपप्रमुख यमुना वास्तोलाले हात्तीपाइले विरुद्धको अभियान सबैले आफ्नो लागि हे भनेर सोच्न हुन नगरबासीलाई आग्रह गरेकी छिन् । अभियान नगर क्षेत्रमा आठौं पटक हुन लागेको हो । पथरी शनिश्चरे नरपालिकाको स्वास्थ्य शाखाले अभियान अन्तरगत हात्तीपाइले रोगविरुद्ध औसधि सेवन सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि तालिमको साथसाथै सबै वडाहरुमा अभियान बारे अन्तरक्रिया पनि आयाजना भइसकेको छ ।
विभिन्न भ्रामक प्रचार भइरहेकाले हात्तीपाइले विरुद्धको औसधि सेवन गरी अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा स्वास्थ्य संयोजक मुरारी आचार्यले जोड दिएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले तयार पारिएको औसधि भएकाले ढुक्क भएर औसधि सेवन गर्न उनले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर