सभापतिले गलत बोलेको केन्द्रीय सदस्य शेखर कोइरालाको आरोप - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

सभापतिले गलत बोलेको केन्द्रीय सदस्य शेखर कोइरालाको आरोप

साइनो समचारदाता
पथरी । काँग्रेस सभापति सेरबहादुर देउवाले गैरजिम्मेवार ढंगले साँढे ५ वर्ष कार्यकाल रहेको भन्दै हिड्नु गलत भएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन् ।
सोमबार विहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत १४ औं महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन् । उनले भने ‘वर्तमान केन्द्रीय समितिको कार्यकाल ३ वर्ष भइसक्यो, विधान विपरीत सभापतिज्यूले साढे ५ वर्ष कार्यकाल रहेको भनेर बोल्नुभएको छ। सभापतिले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर के कारणले बोल्नुभयो ?’ कोइरालाले महासमिति बैठकमा सभापति देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान परिमार्जन गर्ने भनेर जनाएको प्रतिबद्धताविपरीत विधान पास गरेको भन्दै आफ्नो असहमति रहेको बताए । कोइरालाले एनसेल घोटाला प्रकरण र वाइडबडी विमान खरिदमा भएको अनियमितताको ढाकछोपको प्रयास भइरहेको दाबी गरेका छन् । घट्नामा मुछिएका पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतलाई पनि अनुसन्धानको दायरामा ल्याएर कानूनी कारबाही गर्नुपर्ने बताए । देशमा भ्रष्टाचार बढेको, बजेट घाटा ७ खर्ब पुगेको, विदेशी लगानी ४० प्रतिशतले घटेको, शोधानान्तर घाटा सय प्रतिशतभन्दा बढेको, सामाजिक संजाल नियन्त्रणको प्रयास गरेको, नेपाली सेनालाई विभाजित र विवादित गर्ने खेल सरकारले गरिरहेको भन्दै उनले विरोध गरेका छन् ।

सम्बन्धित खवर