हात्तीपाइले रोग निवारण अभियान - Sainokhabar
  • शुक्रबार, बैशाख ३१, २०७८

हात्तीपाइले रोग निवारण अभियान


साइनो समचारदाता
पथरी । हात्तीपाइले विरुद्धको औषधि पथरी शनिश्चरे, मोरङमा खुवाउने भएपछि नगरमा हात्तीपाइले रोग निवारण अभियान थालिएको छ ।


शनिवार पथरी शनिश्चरे नरपालिकाको स्वास्थ्य शाखाले अभियान अन्तरगत हात्तीपाइले रोगविरुद्ध औसधि सेवन सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि तालिमको आयोजना गरेको हो । तालिमको सहजीकरण स्वास्थ्य संयोजक मुरारी आचार्यलले गरेका छन् । विभिन्न भ्रामक प्रचार भइरहेकाले हात्तीपाइले विरुद्धको औसधि सेवन गरी अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा आचार्यले जोड दिएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले तयार पारिएको औसधि भएकाले ढुक्क भएर औसधि सेवन गर्न उनले अनुरोध गरेका छन् । तालिममा नगर प्रमुख दिलिपकुमार राई, स्वयम्मेविका, स्वास्थ्यकर्मीलगायत ७० भन्दा बढीको सहभागिता रहेको थियो ।


पथरीशनिश्चरेमा पनि फागुन १५ देखि डाइर्डथाइलकार्बामाजिक(डीईसी) र अबलेन्डाजोन औसधि खुवाइदैछ । यसअघि नगरस्तरीय अन्तरक्रिया कार्यक्रम, वडा नम्बर ४ र ८ मा वडास्तरीय अन्तरक्रिया सम्पन्न गरिएको छ । स्वास्थ्य संयोजक मुरारी आचार्यले नगरमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइसक्ने बताए । नगरमा १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाइरहेका छन् ।

सम्बन्धित खवर