पथरीमा चौथो नगर वडा स्तरीय कप हुदै - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

पथरीमा चौथो नगर वडा स्तरीय कप हुदै


साइनो समचारदाता
पथरी । ‘हाम्रो नगर हाम्रो शान, खेलकुद विकास हाम्रो आह्वान’ भन्ने नाराको साथ पथरी शनिश्चरे मोरङमा नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।
शनिवार बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गतेदेखि नगर कप हुने बारे जानकारी गराएको हो । उद्घाटन खेल वडा नम्बर ५ र वडा नम्बर ३ बीच खेल हुनेछ । १० टिम सहभागी हुने खेलको फाइनल फागुन २५ गते हुदैछ । पञ्चायत माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजयीले नगद ५१ हजार, उपविजयीले ३१ हजार प्राप्त गर्नेछन् । विजयीको पुरस्कार वाल्मीकि मेमोरियल बोडिङ स्कुल र उप विजेताको पुरस्कार ब्रिटिस आर्मी युके ग्रुपले प्रायोजन गरेको खेल संयोजक विक्की राईले जनाएका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गर्ने भएको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर