मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी


साइनो समचारदाता
पान्थर । २०औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा फान्थर फेदेनको सेवारो मार्गस्थित सेवारो सेकुवा कर्नरमा “बहुभाषिक कवि गोष्ठी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार याक्थुङ युवा मञ्च, लिम्बू बिद्यार्थी मञ्च र याक्थुङ मुन्चइत चोक सयङको संयुक्त आयोजना सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजातिहरुले स्वतन्त्ररूपले आफ्नो मातृभाषा बोल्न पाइयोस् भन्दै शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न कविहरुले रचना बाचन गरेका थिए ।
सन् १९८९ मा आदिवासी अधिकार र विकासका लागि अन्तर्राष्ट्रिय कानुन आवश्यक भएको महसुस गरि राष्ट्रसंघमा पारितका लागि प्रस्ताव भयो । राष्ट्रसंघले आफ्नो निर्णय नम्बर १६९ मा पारित गरेपछि यसलाई आइएलओ महासन्धि १६९ का नामले विश्वभरी नै चिनिन्छ । यो निर्णयको अनुमोदन नेपाल लगायत १९ राष्ट्रहरुले गरिसकेका छन् । अनुमोदन गर्ने सूचिमा दक्षिण एसियामा नेपाल पहिलो राष्ट्र हो । संसदले २०६४ भदौं २८ गतेका दिन आइएलओ महासन्धि १६९ लाई अनुमोदन गरेको थियो । बिक्रम सम्बत २०६५ भदौ २९ गतेबाट यसले सबै प्रक्रिया पूरा गरि राष्ट्रिय वा अन्य कानुन सरह बाध्यकारी रूपमा नेपालमा लागू भइसकेको अवस्था छ ।

सम्बन्धित खवर