नगरबासीलाई हात्तीपाइलेको औसधि खुवाइने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

नगरबासीलाई हात्तीपाइलेको औसधि खुवाइने


साइनो समचारदाता
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा पनि फागुन १५ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधि खुवाउने सम्वन्धमा आयोजित नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले नगरवासीलाई औषधि खानका लागि आव्हान गरेका छन् । उनले नगरको स्वास्थ्य शाखाको आयोजना सम्पन्न अन्तरक्रियामा वोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको जानकारी गराए । उनले नगरका निजी अस्तालसहितका सरोकारवाला निकायलाई औषधि खुवाउने अभियानमा लाग्न समेत आव्हान गरेका छन् । स्वास्थ्य संयोजक मुरारी आचार्यले नगरमा ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइसक्ने बताए । सवैलाई औषधि खान र खुवाउन प्रेरित गर्ने उद्देश्यले विहिवारदेखि प्रत्येक वडामा २ जनाका दरले समाजका विभिन्न क्षेत्रका अगुवालाई राखेर ओरेन्टेशन् समेत प्रदान गर्ने कार्यक्रम तय गरिएको पनि जनाए । आज वडा नम्वर ४, ८ र ९ को ओरेन्टेशन हुनेछ ।
नगरमा १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाइरहेका छन् ।

सम्बन्धित खवर