प्रदेश १ मा तीन दिन दिवस मनाउँदै - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

प्रदेश १ मा तीन दिन दिवस मनाउँदै


साइनो समचारदाता
विराटनगर । प्रदेशस्तरीय समारोह समितिले ‘६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपाली जनताले संघर्षबाट जहानियाँ निरकुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ साल अघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै गरेका छन् ।


विराटनगरमा मंगलबार भएको कार्यक्रममा मन्त्री कार्कीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

प्रदेश नम्बर १ का प्रदेश सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसमा तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीको अध्यक्षतामा ५ सय १ सदस्यीय प्रदेश समारोह समितिले दिवस मनाउदैछ । जसमा सभामुख, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेशसभाका सदस्यहरुसहित विभिन्न सरकारी तथा गैरसरकारी, शैक्षिक संस्थाका प्रतिनिधिहरु सदस्यको रुपमा राखिएको छ ।
सरकारी, निजी क्षेत्र र सर्वसाधारणहरुको घरमा सरसफाईसहित साँझमा दिपावली गर्ने पनि बैठकले निर्णय गरेको छ । ६ गतेबाट विद्यालयस्तरमा वत्तृत्वकला, निबन्ध प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिताहरु सञ्चालन गरेको थियो ।

सम्बन्धित खवर