‘लुटन सके लूट...’ बेलबारीमा गुन्जियो - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

‘लुटन सके लूट…’ बेलबारीमा गुन्जियो


ऋषि राई
बेलबारी । गायक पशुपति शर्माको ‘लुटन सके लूट…’ बोलको गीत युट्युबबाट हटाउन बाध्य पारिएकाले देशै भरी जनस्तरमा आक्रोश बढेको छ ।


देशै भरि विभिन्न संघ–संस्था तथा स्वतन्त्र युवाहरुले सडकबाट खबरदारी गरिरहेको बेलामा सामाजिक संस्था नव सोच युवा समूह बेलबारीले पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न पशुपति शर्मा गीत को सार्वजनिक स्थानमा बजाएर गीत जुन्जाएका छन् । नव सोच युवा समूहका अध्यक्ष आशिष गुरुङले नेपाली जनताको लामो संघर्ष, आन्दोलन, बलिदानीबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता रक्षार्थ राज्य गम्भीर हुनु पर्ने र पशुपति शर्माले समाजको यथार्थ चित्रण गीतमार्फत् गरेको बताएका छन् ।
कार्यक्रममा केशवथापा मगरले नेपालको संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले बिचार अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितत्ता गरिसकेको अवस्थामा एउटा स्वतन्त्र गायकले गीत गाएकै भरमा बन्देज लाउनु गलत भएको बताए ।
बिरोध कार्यक्रम बेलबारी वडा ३ मालपोत चोकमा सोमबार बेलुकी ४ बजे देखि ६ बजे सम्म भएको थियो । कार्यक्रममा सहभागीहरुले गीत बजाएर नाचेर पशुपती शर्माको गीतको समर्थन गरेका थिए ।

सम्बन्धित खवर