शिक्षा मन्त्री भन्छन्, ‘चैतभित्रै स्ववियु चुनाव गरौं’ - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

शिक्षा मन्त्री भन्छन्, ‘चैतभित्रै स्ववियु चुनाव गरौं’


साइनो समचारदाता
काठमाडौं । क्याम्पसहरुमा हुने गरेको चैत महिनाभित्रै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने प्रस्ताव शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका छन् । उनले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी दल पनि तयार हुनुपर्ने बताए । दुई वर्षअघि निर्वाचित भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल यही फागुनमा सकिदैछ ।
फागुनभित्र गरिसक्नुपर्ने बताउँदै उनले चैतभित्र स्ववियु चुनाव गराउन सहमति गर्नु पर्नेमा जोड दिए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ ।’
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा तर नयाँ चुनाव गराउने विषयमा दलहरुबीच एकमत छैन । नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघ भित्र विवाद रहेको भन्दै स्ववियु चुनाव पछि सार्न प्रस्ताव गरेको छ । उनले शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताए ।

सम्बन्धित खवर