निजी विद्यालयले खेलकुद विकासमा टेवा पुर्याएको मन्त्री कार्कीको भनाई - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

निजी विद्यालयले खेलकुद विकासमा टेवा पुर्याएको मन्त्री कार्कीको भनाई

साइनो समचारदाता
बेलबारी । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्रदेखि प्रदेशभर १ का अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रुपमा खेलकुदमा सहभागी गराउने बताएका छन् ।
मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा एन प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहिवार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकारले आगामी बैशाख देखि ‘म अगाडि बढ्छु’ भन्ने नाराका साथ सगरमाथा टिन्स क्लव स्थापना गरेर माध्यमिक तहका विद्यार्थीलाई चरित्र निर्माणको अभियानमा सहभागी गराउने बताए । उनले भने–‘हाम्रो बीचमा धेरै विविधता छ, जातीय, धार्मिक, सामाजिक र सांस्कृतिक विविधता भए पनि यी सबै विविधतालाई जोड्ने एक मात्र माध्यम खेलकुद हो । खेलकुदले भूगोल, जात, धर्म केही भन्दैन, त्यसैले यसले सबैलाई सामूहिक रुपमा जोड्न सक्छ । एकताको सुत्रमा बाँध्न सक्छ ।’
सरकारीस्तरबाट माध्यमिकस्तरमा कुनै खेल गतिविधि नभए पनि नीजि तथा आवाशीय विद्यालयले आयोजना गरेका खेल गतिविधिले खेलकुदको विकास टेवा पुगेको मन्त्री कार्कीको भनाई थियो । उनले भने, ‘समाजको आमुल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य छ ।’ विद्यालय तहबाटै खेललाई ब्यवसायिक बनाउन प्रदेश सरकार तयार रहेको उनले भनेका छन् ।
फागुन ३ गते सम्म सञ्चालन हुने खेलकुदमा २ हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने एन प्याव्सन मोरङका सचिव नारायण प्रसाद ढकालले जानकारी दिए । एन प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङ्जम्प, हाईजम्प, ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिवलको खेलहरु समावेश गरिएको एनप्याब्सन मोरङले जनाएको छ ।

सम्बन्धित खवर