लोहारको संगीतमा लोभ - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

लोहारको संगीतमा लोभ

राजकुमारी तामाङ, पथरी (मोरङ)

मानिस धनी धनले हैन
मानिस धनी प्रतिभाले हुन्छ
मानिस धनी कला र गलाले हुन्छ ।।।
पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ ईश्वरले जोकोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिचान गर्छन भने कोहीले अलि ठुलो भएर मात्र पहिचान गर्छन । तर पथरीका राजले भने आफनो बाल्यकालमै आफूलाई गायन विधामा निखारपन बनाउन तर्फ लागे ।
बुबा राजन लोहार र आमा कौशिला लोहारको कोखबाट २०५६ साल भदौ महिनाको १३ गते मोरङको पथरीशनिश्चरेमा जन्म भएका राज लोहार अहिले उदयीमान गायकको रुपमा चर्चित बन्न खोज्दै छन् । पप, आधुनिक, हिन्दी, लोक गीत दुरुस्तै गाउन सक्ने जुनसुकै गीतलाई पनि मिठासपूर्ण बनाउन सक्ने खुबी छ उनमा । उनले अहिले १८ वर्षको उमेरमा नै थुपै्र रियालिटी सोहरुमा भाग लिई सकेका र स्कुल स्कुलमा थुप्रै गायन प्रतियोगितामा प्रथम भईसकेका राजको फ्यानहरु पनि निकै बनाईसकेका छन । उनले गत वर्षमा सुरसाला जुनियर आईडलमा टप ६ सम्म पर्न सफल भएका थिए । उनी यसलाई पनि ठुलै उपलब्धिका रुपमा मान्छन । हाल पथरीकै पञ्चायत माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका उनी आफूलाई गायन सँगसगै आफनो रुचिमा फुटबल खेल्न माहिर छन उनी । आउदै गरेको एसईईको तयारी गर्दै घरपरिवार, संगीत कक्षा पनि सँगसगै लिदै गरेको भेटमा सुनाए । सानैदेखि गायक बन्ने सपना बोकेका राजको मनपर्ने गायक उदितनारायण झा, प्रमोद खरेल र गायिका अञ्जु पन्त रहेको बताउछन् । उनले आफूलाई ‘चौबन्दीमा छिटको गुन्यू बोलको गीत …..’ ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा…..’ लगायत गीत अतिनै मन पर्ने बताउछन् उनी । आफनो पे्ररणाको स्रोत बुबालाई मान्छन । राजले आफनो गुरुकुल ओसियन संगीतालय र गुरुको रुपमा अनिल फागु र अर्जुन सेञ्चुरी रहेको बताए । राजको धैरै साथी छन त्यसमा पनि राजलाई कस्तो साथी मन पर्छ भन्ने प्रश्नमा उनले हल्का लजाउदै आफूलाई दुःख सुखमा साथ दिने साथी मन पर्ने बताउछन् ।
उनको मुख्य कुरा त के छ भने उनी नेपाल आईडल सिजन– ३ मा सहभागी हुन जादैँछन् । उनले नेपाल आईडल सिजन –२ चलिरहँदा देखिनै आफू सिजन–३ मा जाने पक्का मनसुवा साथ गीत समेत छनौट गरि अभ्यास गरिरहेका छन । नयाँ नयाँ गीत पनि तयारी गर्दैछन् । उनले नेपाल आईडल सिजन– ३ मा आफूलाई फाईनल प्रतिस्पर्धीको रुपमा हेरेको बताउछन् ।

सम्बन्धित खवर