स्पोर्टस मिट सुरु - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

स्पोर्टस मिट सुरु

समचारदाता
पथरी । निजि तथा आवाशिय विद्यालयहरुको साझा संगठन एनप्यावसन मोरङले स्पोर्ट मिट सुरु गरेको छ ।
मोरङ जिल्लामा रहेका १०० वढी एनप्यावसनमा आवद्घ विद्यालयहरुको साझा संगठनले जिल्लाका ८० वढी विद्यालयहरुको सहभागितामा वार्षिक कार्यतालिका अन्र्तगतको दोस्रो वर्षको स्पोर्ट मिट शुक्रवार सञ्चालन हुदैछ । राज्यको संरचनाकै ढाँचामा पहिलो पटक प्रदेशको स्थायी राजधानी तथा मोरङ जिल्लाको सदरमुकाम वाहिर यो प्रतियोगिता गरेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा भलिवल,कब्बडी,एथलेष्टि,मिनि म्याराथुन,रिले रेस,हाई जम्प, लङ जम्प,ट्रिपल जम्प र सट पुट मा ८० विद्यालयका २ हजार विद्यार्थीले सहभागिता जनाउने वताइएको छ ।
एथलेष्टिक्समा १००, २००, ४००, ८०० मिटर रेसमा छात्र, भलिवल,कब्बडी, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प र सट पुटमा मा मावि र आधारभुत तहका छात्र÷छात्रा दुवैको सहभागिता रहने भएको छ भने ५ हजार मिटरको मिनि म्याराथुनमा मावि तहका विद्यार्थीहरुको सहभागिता रहको खेल संयोजक समितिका सदस्य दिपेन्द« खुलालले वताए ।

सम्बन्धित खवर