शल्यक्रियासहितको निःशुल्क शिविर - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

शल्यक्रियासहितको निःशुल्क शिविर

साइनो समचारदाता
सप्तारी । नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा राजविराजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा जनरल सर्जरी, हर्निया, पायल्स, पुरूष ग्रन्थी, हाइड्रोशिल, पिथथैली, तथा मिर्गौला पत्थरीसम्बन्धी शल्यक्रिया, मुटु रोग, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, स्त्री रोग पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी, आँखासम्बन्धी रोगको उपचार र शल्यक्रियासमेत हुदैछ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदान गरी दुई ठाउँमा सिविर हुदैछ । बुधबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे । उनले गरिबीका कारण, एक्लोपनाका कारण बिरामी बोकेर बस्न बाध्य भएकाहरुलाई शिविरसम्म पु¥याइदिन सबैसँग आग्रह गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसमा स्वास्थ्य समस्या धेरै रहेको बताएका छन् ।

सम्बन्धित खवर