खानेपानीमा कांग्रेसको बर्चस्व - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

खानेपानीमा कांग्रेसको बर्चस्व


साइनो समचारदाता
सुन्दरहरौचा । सलकपुर साना शहरी खानेपानी उपभोक्ता समितिकमा बहुमतसहित काग्रेंस समर्थकहरुले चुनाव जितेका छन ।
मोरङको सुन्दरहरौचा नगरपालिकामा रहेको समिति १३ औ चुनावी साधारण सभावाट काग्रेंसबहुमत सहित बिजयी भएको छ । सोमबार साँझ देखि गणना थालिएको मतको अन्तिम परिणाममा अध्यक्षमा गजेन्द्र भट्टराई (गोरख)ले ६ सय ४९ मत ल्याएर नेकपाका उम्मेद्धवार टिकाराम ढकालाई जितेका हुन । ढकालले भने ५सय ८ मत मात्रै ल्याएका थिए ।
उपाध्यक्षमा पर्शुराम राईले ५सय३१ मत ल्याएर विजयि भएका छन । उनका निकट्तम प्रतिद्धवन्दि नेत्रप्रसाद न्यौपानेले ५ सय २८मत ल्याएका छन । सचिवमा श्याम प्रसाद ढकालले ६ सय ३५ मत ल्याएका छन । मित्रलाल भट्राईले भने ४सय २१मात्रै मत ल्याएका छन । सह सचिवमा कृष्ण दाहालले ४ सय ३६ मत ल्याएका छन भने नेकपा तर्फका भिमप्रसाद भन्डारीले ५सय ६९ मत ल्याएका छन । कोषाध्यक्षमा गोपाल खड्काले ५सय३१ मत ल्याएका छन भने पर्शुराम पराजुलिले ५सय २९ मत ल्याएका छन । १७ सय ९२ मतदान रहेको समितिमा १२ सय ९२ मत खसेको मतगणणना प्रतिनिधि ऋषि राज रेग्मीले बताए ।
अहिलेसम्म काङ्ग्रेसले जित्दै आएको सो खानेपानी उपभोक्ता समितिमा नेकपाले पहिलो पटक उम्मेदवारी दिएको बताइएको छ । अघिल्ला अधिवेशनमा सर्वसम्मत रूपमा काङ्ग्रेस निकट व्यक्तिले खानेपानीको नेतृत्व सम्हालेका थिए । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण भएपछि खानेपानीको नेतृत्वमा यसपटक चुनाव भएको हो ।

सम्बन्धित खवर