प्याउली घटनाको दोषीलाई सार्वजनिक गर्न ४ बिधार्थी संगठनको माग - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

प्याउली घटनाको दोषीलाई सार्वजनिक गर्न ४ बिधार्थी संगठनको माग

ऋषि राई
भोजपुर । भोजपुरका ४ बिधार्थी संगठनहरुले भोजपुरको प्याउली घटनाको दोषीलाई चाडैं सार्वजनिक गरि कानुन बमोजिम कार्वाही गरिनु पर्नेलगायतका ८ बुँदे माग राख्दै जिल्ला प्रसासन कार्यालय भोजपुरमा ज्ञापन पत्र बुझाएको छ ।
समाजवादी बिद्यार्थी फोरम, अनेरास्ववियु, अखिल(क्रान्तिकारी), अखिल क्रान्तिकारी गरि ४ बिधार्थी संगठनद्वारा बुझाइयो । माग पत्रमा भोजपुर जिल्लाको हकमा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा २५५ भाडा छुट कायम गरिनु पर्ने, नेपाल सरकारका कर्मचारीहरुको र जनप्रतिनिधिहरुको छोराछोरी बिद्यालय शिक्षा अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा अध्ययन(अध्यापन गरिनु पर्ने सेतो नम्बर प्लेटका सवारी साधनको दुरुपयोग बन्द गरिनु पर्ने सहितका ८ बुँदे मागपत्र भोजपुरका जिल्ला प्रमुख हिरादेवी पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

सम्बन्धित खवर