नगरमा हात्ती आतंक, ८ घरमा क्षति - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

नगरमा हात्ती आतंक, ८ घरमा क्षति

साइनो समचारदाता
पथरी । जंगली हात्तीले मोरङ्गको पथरीशनिश्चरे नगर क्षेत्रमा पछिल्लो पटक ८ वटा घरमा क्षति पुर्याएको छ ।
गए राति आएको २ वटा जंगली हात्तीले वडा नम्वर ९ का खगेन्द्र खड्का, चित्रबहादुर थापा, विजयसिंह धिमाल र रञ्जित मगरको घरको बेरा भत्काउँदै धान सहित अन्न खाएको छ । त्यसैगरी, वडा नम्वर १० को ऐयावारीका सन्तोष श्रेष्ठ, सञ्चरानी लिम्बू, रत्नमाया लिम्बू र बाबुराम थापाको समेत घरमा क्षति पुर्याएको छ । नगरपालिका प्रमुख दिलिपकुमार राई सहितको जनप्रतिनिधिको टोलीले हात्तीले पुर्याएको क्षतिको बारेमा जानकारी लिएको छ ।

सम्बन्धित खवर