नेपाल आईडलका फाईनलिष्ट प्रताप दास फागुन ४ मा पथरी आउने - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

नेपाल आईडलका फाईनलिष्ट प्रताप दास फागुन ४ मा पथरी आउने

साइनो समचारदाता/ सिजि नेपाल आइस वियर प्रायोजक फागुन ४ गते सिजि नेपनल आइस वियर साङ्गेतीक साझ हुने भएको छ । पथरी वाट सञ्चालनमा अएको रेडियो रिदम ९९.७ मेघाहर्जको आयोजनामा हुन साझमा युवा पुस्तामाझ लोकप्रिय रहेका गायक तथा नेपाल आईडल सिजन १ का फाईनलिष्ट प्रताप दासका साथ हास्य कलाकार तथा गायक श्री कृष्ण लुईटेल (वोकेदारी) प्रस्तुती रहने आयोजकले बताएको छ ।


कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्न सोसला आईडल टप ६ का प्रतिष्पर्धी राज लोहार, स्थानिय हास्य व्याङय कलाकार आर्थात रेडियो रिदमका कार्यक्रम प्रस्तोता द्वय गणेश भट्टराई र प्रविन कोईरालाका जिपि जोडि र उर्लावारीको रोजि डान्स सेन्टरको प्रस्तुति रहने मंगलवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक मनु खड्काले जानकारी दिईन ।
कार्यक्रममा ३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने कार्यक्रम समापन पश्चात वाकी रहेको रकमको केहि प्रतिशत सामाजिक कार्यमा खर्च गरिने आयोजक संजिव महराले वताए ।
पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा आयोजना हुन लागेको सो कार्यक्रमको प्रायोजक पूर्वे्लि होटल एण्ड पार्टी प्यालेस, कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल पथरी रेहेको आयोजकले वताएको छ ।

सम्बन्धित खवर