पथरीशनिश्चरे वडा स्तरिय क्रीकेटकोे उपाधी वडा नम्बर १ लाई - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

पथरीशनिश्चरे वडा स्तरिय क्रीकेटकोे उपाधी वडा नम्बर १ लाई

साइनो समचारदाता/ मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले हात पारेको छ । वडा नम्बर १ र वडा नम्बर ७ बिच सम्पन्न फाइनल खेलमा ९३ रनको फराकिलो अन्तरले वडा नम्बर १ बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको १ नम्बर वडाले निर्धारित २० ओभरको समाप्ती सँगै ८ विकेटको क्षतीमा १८६ रन जोडेको थियो ।

१८६ रन जोड्ने क्रममा एम एस राईले उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्दै अविजित अर्धसतक बनाएका थिए भने एन्जल राईले ४२ तथा दिपेश श्रेष्ठले ३८ रनको योगदान गरे । टस हारेर फिल्डिङको निम्तो पाएको वडा नम्बर ७ ले ओभर समाप्ती संगै ९२ रन मा सिमीत रह्यो । वडा नं. ७ का लागि उबल राई, सुचन गुरुङ्ग र दिवश पुरीले समान २÷२ विकेट लिए भने बिजय मगरले १ विकेट लिएका थिए ।

१८७ रनको बिजयी लक्ष्यको साथ ब्याटिङका लागि मैदान उत्रिएको वडा नम्बर ७ का रोहन लिम्बू, पुकार राई र बिजय मगर बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन । वडा नम्बर ७ लाई सस्तैमा समेट्ने क्रममा एम एस राईले सर्वा्धिक ३ विकेट लिए भने दिपेश श्रेष्ठ, रावन राई र सागर कटुवालले समान २÷२ विकेट लिदा बोधराज बस्नेतले १ विकेट लिएका थिए ।


माघ २५ गते बाट शुरु भएको प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान उपबिजेता टोलिका बिजय मगर घोषित भए भने अन्य बिधामा वडा नं. १ ले कब्जा जमायो । खेलको उत्कृष्ट बलर वडा नम्बर १ का एम एस राई, उत्कृष्ट फिल्डर वडा राकेश राई, उदयमान खेलाडी सागर कटवाल, म्यान अफ द सिरिज राजु राई, फाइनल खेलको म्यान अफ द म्याच एम एस राई घोषित भए ।
प्रतियोगिताको बिजेता टोलिले नगर ३० हजार मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरे उपविजेता वडा नम्बर ७ ले १५ हजार मेडल, ट्रफि र प्रमाण पत्रमा चित्त बुझाएको छ । विजयी तथा उप बिजयी टोलिलाई वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले पुरस्कृत गर्नु भएको छ ।
नगर खेलकुद विकास समितीको आयोजनामा सम्पन्न प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहको थियो । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो ।

सम्बन्धित खवर