धुमधामका साथ सरस्वती पुजा गरिदै - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

धुमधामका साथ सरस्वती पुजा गरिदै

अक्षारारम्भ कार्यक्रममा सहभागी विद्यार्थी अभिभावकर शिक्षक ।

साइनो समचारदाता
पथरी । श्रीपञ्चमी अर्थात् सरस्वती पुजा मुलकभरका शैक्षिक संस्थाहरुमा मनाइदैछ । आइतबार विहानै देखि धुमधाम पुजाआजाका साथ मनाउन सुरु गरिएको छ ।
मोरङको पथरीसनिश्चरेको बुद्ध माध्यमिक विद्यालय, भागीरथ माध्यमिक विद्यालय, प्यारडाईज बोडिङ स्कुल, मेरीगोल्ड बोडिङ, बाल नमुना विद्या मन्दिर अंग्रेजीलगायत सरस्वती पुजा मनाएको छ । बुद्ध माध्यमिक विद्यालय प्रधानध्यापक बोधराज सिक्देलका अनुसार विद्यालयले अक्षारारम्भ कार्यक्रम गरी सरस्वती पुजा मनाएको छ । स्वास्थ्य परीक्षण, सिद्धार्थ बैकको निःशुल्क खाता खोलिने, नयाँ भवन उद्घाटन गर्दै बाल नमुनाले सरस्वती पुजा मनाएको छ ।

विद्यार्थीलाई अक्षारारम्भ गराउदै बुद्ध माविका प्रधानाध्यापक बोधराज सिक्देल ।

सरस्वती पुजा के हो ?
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । विशेषत हिन्दू धर्मावलम्बीले वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्ङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्व्सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
शुभ कार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ(आफ्ना कलासाधनाका उपादानहरु कापी (कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन्।
शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ । आजैको दिनबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्द छ ।

कुन मन्त्र द्वारा सरस्वतीको आरधना गर्ने

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता। सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा।।

शुक्लाम् ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्। वीणा(पुस्तक(धारिणीमभयदां जाड्यान्धकारापहाम्।। हस्ते स्फटिकमालिकाम् विदधतीम् पद्मासने संस्थिताम्। वन्दे ताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम्।।

सम्बन्धित खवर