तीनजनालाई छात्रवृद्धि वितरण - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

तीनजनालाई छात्रवृद्धि वितरण

साइनो समचारदाता
उर्लाबारी । धिमाल विद्यार्थी छात्रवृद्धि अक्षय कोष संकलन अभियानले यस वर्ष ३ जना विद्यार्थी रविना, सुरेश र अनुपालाई छात्रवृद्धि प्रदान गरेको छ ।


शनिवार संञ्चार क्लब, उर्लाबारी मोरङमा एक कार्यक्रमका बीच छात्रवृद्धि प्रदान गरेको हो । सुकुना बहुमुखी क्याम्पस सुन्दरहरौचा मोरङमा एमबीएस प्रथम वर्ष अध्ययरत बेलबारी १ की रविना धिमाल, दमक बहुमुखी क्याम्पस दमक झापामा एमबीएस दोस्रो वर्ष अध्ययनरत उर्लाबारी २ डुम्रेका सुरेश धिमाल र देबी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत बिर्तामोड १ झापाकी अनुपा धिमालले छात्रवृद्धि प्रदान गरेको हो । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद धिमाल र अक्षय कोष अभियानका संयोजक केदार धिमालले छात्र वृद्धि स्वरुप नगद १०÷१० हजार रुपैयाको चेक प्रदान गरेका थिए । अभियानले हरेक बर्ष अक्षय कोषमा संकलित रकमबाट प्राप्त ब्याजदरले २ जना धिमाल विद्यार्थीलाई छात्रवृद्धि वितरण गर्दै आएको छ । यस बर्ष भने थप १ जनालाई पनि छात्रवृत्ती प्रदान गरिएको हो । बेथेल एकेडेमीका प्रिन्सीपल दिपक न्यौपानेले छात्रवृद्धिका लागि नगद १० हजार रुपैया सौजन्य गरेपछि थप १ जना बिद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्न सफल भएको अभियानकर्मी मातृका धिमालले बताए । केदार धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य जितेन्द्र धिमाल, धिमाल युवा मन्चका अध्यक्ष श्रीप्रसाद धिमाल, केन्द्र उर्लाबारी नगर अध्यक्ष नारायण धिमाल लगायतको आतिथ्यता रहेको थियो ।
धिमाल विद्यार्थी छात्रवृत्ती अक्षयकोष संकलन अभियान जारी छ । हाल सम्म जम्मा रु. ३,२१,२४५र( (अक्षेररुपी तीन लाख एक्काईस हजार चार सय सत्र रुपैयाँ) संकलन भएको जानकारी गराउँदछौ । सहयोग गर्न इच्छुकहरुले हामीलाई फेसबुक तथा फोन गर्न सक्नु हुनेछ । सहयोगीहरुको नामावली यस प्रकार रहेको छ ।

१) रिता धिमाल (सिरिया) ५०,०००र(
२) कतारबाट एकमुष्ट २८,९६३र(
३) शर्मिला धिमाल (दमक) १५,०००र(
४) कतारमा रहने उर्लाबारी भुसीका युवाहरु १४,८२८र(
५) समिर कुश्यार दोङगे (मलेसिया) १३,८५९र(
६) दिलसिङ मेन्याङबो (युके) १३,०००र(
७) नन्दलाल धिमाल (मकाउ) १२,११६र(
८) डा. जनक राई (काठमाण्डौ) १२,०००र(
९) धिमाल फाउण्डेसन (झापा) ११,१११र(
१०) लोकेन्द्र ततेबुङ (युके) १०,०००र(
११) सरीता, किशोर राई (युके) १०,०००र(
१२) प्रमेश धिमाल (फिनल्याण्ड) १०,०००र(
१३) दलबहादुर धिमाल (साउदी) ९,२४८र(
१४) चन्द्रबहादुर धिमाल (साउदी) ५,५७०र(
१५) राधीका धिमाल (नेपाल) ५,५५५र(
१६) रवि धिमाल (युएई) ५,५००र(
१७) अरुण देवकोटा (फिनल्याण्ड) ५,४९०र(
१८) मातृका धिमाल (मलेसिया) ५,४८०र(
१९) मनिस धिमाल (मलेसिया) ५,४८०र(
२०) अमर धिमाल (साउदी) ५,३२६र(
२१) उमेश धिमाल (साउदी) ५,२८५र(
२२) सुरेश धिमाल (साउदी) ५,२७०र(
२३) फडिन्द्र धिमाल (कतार) ५,१५२र(
२४) मनोज तेङमाली (साउदी) ५,१३४र(
२५) जितेन्द्र धिमाल (युएई) ५,०१२र(
२६) गंगा धिमाल सुनुवार (युएई) ५,००४र(
२७) मनु धिमाल (हङकङ) ५,०००र(
२८) देवकिशोर धिमाल (युएई) ५,०००र(
२९) मन्जु धिमाल (बहराइन) ५,०००र(
३०) अजित धिमाल (युएई) ५,०००र(
३१) मनोज धिमाल (कतार) ५,०००र(
३२) बबी धिमाल (साउदी) ३,९६४र(
३३) सोम धिमाल (साउदी) २,६४२र(
३४) जितेन धिमाल (साउदी) २,६४२र(
३५) सुरेन्द्र मटेरी धिमाल (साउदी) २,५००र(
३६) अर्जुन धिमाल (साउदी) २,११४र(
३७) केदार धिमाल (नेपाल) १,०००र(
३८) मोहन धिमाल (नेपाल) १,०००र(
३९) विजय धिमाल (नेपाल) १,०००र(

सम्बन्धित खवर