मौलिकता जोगाउने शिक्षा नीति ल्याउनेः मुख्य मन्त्री राई - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

मौलिकता जोगाउने शिक्षा नीति ल्याउनेः मुख्य मन्त्री राई


साइनो समचारदाता
कानेपोखरी । मौलिकता जोगाउने शिक्षा नीति ल्याउने मुख्यमन्त्री सेरधन राईले बताउँदै प्रदेश सरकारले प्रदेश भरी विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने नीतिका साथ अघि बढेको बताएका छन् । उनले प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन् ।
शनिबार मोरङको जनसेवा माध्यामिक विद्यालय कानेपोखरीको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै उनले आगामी तीन बर्ष भित्र आवश्यक पूर्वधार सहित इन्टरनेटको पहुँचबाट सवै विद्यालयहरुलाई जोडेर आइटी शिक्षालाई प्रदेश भरीका विद्यालयमा लागु गर्ने बताएका छन् । १ नम्बर प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ऐन र नियम निर्माण पछि काम सुरु गरेको बताउँद राईले आगामी २ वर्ष भित्रमा १ नम्वर प्रदेशलाई पूर्ण साक्षर प्रदेशका रुपमा स्थापति गराउने वताएका छन् । राईले अवको शैक्षिक पद्घतिलाई परम्परागत रुपमा भन्दा पनि जीवनउपयोगी शैक्षिक पद्घतिको विकाश गर्दै सुखि नेपाली समृद्घ नेपालको परिकल्पनालाई सार्थक तुल्याउने खालको शैक्षिक पद्घति अवलम्वन गर्दै अगाडि वढ्ने प्रदेश सरकारको योजना रहेको उनले वताए । मुख्यमन्त्री राईले यस क्षेत्रको सुकुम्बसी समस्याको समाधान नगरी सरकारले सुख नै नपाउने बताएका छन् । उनले ऐन, नियम बनाएर कुनै हालतमा पनि समस्याको समधान गरेरै छाड्ने बताएका छन् ।

सम्बन्धित खवर