युनियनद्वारा प्रअलाई कार्वाहीको माग - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

युनियनद्वारा प्रअलाई कार्वाहीको माग


साइनो समचारदाता
पान्थर । फिदिम माध्यमिक विद्यालय फिदिम पान्थरका कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरिएको छ ।
प्रधानाध्यापक दुर्गाराज खत्रीलाई कारबाही गर्न माग गर्दै संघीय विद्यार्थी युनियनले राजीनामासहितको कारबाहीको माग गरेका छन् ।
विद्यालय बालमैत्री बातावरणमा विद्यार्थीले पठन पाठन गर्न पाउनु पर्ने ठाउँमा प्रअले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी त्रासयुक्त बातावरण सृजना गरेको शुक्रबार विज्ञप्तिमा भनिएको छ । राईलाई विहीबार प्रअ खत्रीले टाउकोमा गम्भीर चोट पर्ने गरी कुटपिट गरेका थिए । राई अहिले जिल्ला अस्पताल पाँचथरमा उपचाररत छन् ।

सम्बन्धित खवर