आखिर किन आइनन् राष्ट्रपति ? - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

आखिर किन आइनन् राष्ट्रपति ?


फिपराज बेघा
पथरी । मोरङको दुई सामुदायिक विद्यालयमा राष्ट्रपति विद्यादेबी भण्डारी शुक्रबार आउने कार्यक्रम तय भएपछि प्रचारप्रसार आयोजकले राम्ररी ग¥यो । तर राष्ट्रपति आउने कार्यक्रम अन्तिम अवस्थामा क्यान्सिल भयो ।
कानेपोखरी–६, रमाइलोमा स्थापित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वर्ण स्मारक उद्घाटन गर्ने कार्यक्रम थियो । विद्यालयको बिभिन्न व्यक्तित्बहरु सम्मान गरिने कार्यक्रम पनिसंगै विहान ११ वजेदेखि राखिएको थियो । राष्ट्रपति नआएपछि आयोजकले मुख्य मन्त्री सेरधर राईलाई प्रमुख अथितिको बनाएको थियो ।
आजै २ बजेपछि हेलिकप्टरबाट राष्ट्रपति भण्डारी उर्लाबारी आउने खबरलाई स्थानीयले चासोका साथ लिएका थिए । राष्ट्रपति भण्डारीले उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम थियो । विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलका अनुसार दिउँसो २ बजेपछि राष्ट्रपति भण्डारीले स्वर्ण महोत्सवको उद्घाटन, स्वर्ण स्मारक अनावरण, विद्यालयको शैक्षिक उन्नयमा योगदान पु¥याउनेहरुलाई सम्मान स्वरुप कदर गरिने तथा विशेष व्यक्तित्वहरुलाई अभिनन्दन गरिने कार्यक्रम रहेको थियो । राष्ट्रपति आउने भएपछि सरसफाई, लगायत सरक्षा व्यवस्था कडा पारिएको थियो ।
आयोजकले प्रतिकुल मौसमको कारण बिमान उड्न नसकेपछि राष्ट्रपति भण्डारी नआएको जनाएको छ ।

सम्बन्धित खवर