
पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ की समाजसेवी सञ्जु सिङ्गकले छिमेकी दुई विरामीलाई सहयोग गरेकी छिन् ।
शुक्रबार ३६ वर्षिय सुवास लिम्बु र अम्बिका जबेगुलाई कुल १ लाख ५५ हजार सिङ्गकले सहयोग गरेकी हुन् । सुवासले १ लाख ५ हजार र अम्बिकाले ५० हजार नगद सहयोग प्राप्त गरेको हो । सुवास नेपाल क्यान्सर अस्पताल (भक्तपुर) र अम्बिका नाबेल अस्पताल (विराटनगर) उपचार गरिरहेका छन् ।