अङ्ग्रेजी माध्यमले विद्यार्थी आकर्षित, स्रोतको खोजीमा विद्यालय - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

अङ्ग्रेजी माध्यमले विद्यार्थी आकर्षित, स्रोतको खोजीमा विद्यालय

नर्सरीमा छात्रछात्राहरुलाई अध्ययन गर्दै शिक्षक ।                                                                             तस्वीरः फिपराज बेघा

साइनो समचारदाता
पथरी । अघिल्लो शैक्षिक सत्र अघि कक्षा १ मा मुस्किलले २०–२५ जना विद्यार्थी भर्ना हुन्थ्यो । अहिले त्यस्तो अवस्था छैन, बुद्ध माध्यमिक विद्यालय पथरीशनिश्चिरे मोरङमा । विद्यालयले अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको सङ्ख्या बढेको हो ।

१० वर्ष अघिदेखि वाल शिक्षा विद्यालयले सुरु गरेको थियो । सरदर २ दर्जन विद्यार्थी भर्ना हुन्थ्यो । चालु शैक्षिक सत्रदेखि ‘प्ले ग्रुप’ मा ३३ जना, नर्सरीमा ४२ जना, एलकेजीमा १८ जना र यूकेजीमा १२ जना गरी कुल १०५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यार्थी भर्ना भएको यो तत्याङ्कले अत्याधिक बढेको देखाउदछ । विद्यालयले गत सालदेखि बाल शिक्षाका लागि ३ जना शिक्षक नियुक्ति गरेको छ । बाल शिक्षाका लागि शिक्षकहरुलाई मन्टेश्वरी तामिल दिइएको छ ।

एलकेजीको कक्षा कोठा ।

पथरीशनिश्चरे वडा नम्बर ८ ले ३ लाख बजेट विनियोजित गरेको छ । बजेट वडा कार्यालयले आगामी आर्थिक वर्षहरुमा पनि निरन्तर दिने विद्यालयलाई आश्वास दिएको छ । प्लान इन्टरनेशनलले १ लाख बराबरको खेल सामाग्री हस्तान्तरण गरेको छ । भूतपूर्व विद्यार्थीहरुले करिब ४२ हजार बराबरको वाल टीभी खरिद गरिदिएको छ । बाल शिक्षाका लागि मासिक १ सय लिने विद्यालयले लिने गरेको छ । कक्षाहरुमा म्याड, कार्पेट, राइटिङ टेबल, रेमसहितको शौचालयलगायत शैक्षिक सुधारका सामाग्री रहेको छ ।
अङ्ग्रेजी माध्यमले निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा तानिएका छन् । प्रधानाध्यापक बोधराज सिक्देकले भने, ‘अभिभावक अङ्ग्रेजी माध्यमले आकर्षित भएका छन् ।’ श्रव्य दृश्य, खेल, खेलौनाको माध्यमबाट अध्ययन गरिने वालबालिकालाई दैनिक प्रिन्टेट पेपरमा क्यासवर्क होमवर्क दिने गरिन्छ । आउदो शैक्षिक सत्रदेखि कक्षा १ कक्षा २ सम्म अग्रेजी माध्यममा अभिभावक, विभिन्न दाताहरुको सहयोगमा अध्यापन विद्यालयले थाल्दैछ । सो का लागि थप २ जना शिक्षक राख्ने विद्यालयले राख्दैछ । ‘गुणस्तरी शिक्षा प्रदान गर्न दाताहरु खोजेर अध्ययन अध्यापन गर्दैछौं ।’ उनले भने, ‘थप अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालनको लागि स्रोतको खोजीमा छौं । सहयोग गरिदिन सबैलाई अनुरोध गर्दछु ।’

सम्बन्धित खवर