वडा सचिव र न्यायिक समिति सदस्यलाई कारबाही - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

वडा सचिव र न्यायिक समिति सदस्यलाई कारबाही

साइनो समचारदाता
पथरी । तत्कालिन एमालेबाट वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य तथा न्यायिक समिति पथरीशनिश्चरे मोरङका सदस्य दुर्गा सिटौला न्यायिक समितिबाट बर्खास्त भएका छन् । किर्ते गरेर जग्गा किनेको आरोप लागेका सिटौला दोषी ठहरिएका थिए ।
सिटौलाले दिएको राजीनामा नगरको कार्यपालिकाको माघ १५ गते बसेको बैठकले स्वीकृत गर्दै हटाएका छन् । सोही किर्ते गरेर जग्गा किनेको आरोप लागेका वडा नं. १ र ३ मा वडासचिव कमल भट्टराईलाई नगरको कार्यपालिकाको बैठकले कारबाही गरेको छ । अब वडा सचिव भट्टराईलाई वडा नं. ३ मा काम गर्ने पाउने छैन । वडा नम्बर १ को कार्यालयमा मात्र काम गर्न खटाईएको छ । वडासचिव भट्टराई वडा नं. ३ का स्थानीय बासिन्दा हुन् ।
न्यायिक समितिका सदस्य सिटौला र सचिव भट्टराईले मिलेमतोमा वडा नम्बर २, मा रहेको द्रुपदा गजुरेलको कित्ता नम्बर ५१० र १४१ को साढे १० कट्ठा जग्गा किर्ते गरी दुवैजनाले खरिद गरेका थिए । वडा नं. २ को जग्गा वडा नं. ३ को बनाएर खरिद गरेका थिए ।
न्यायीक समितिका सदस्य सिटौलाले आफ्ना श्रीमती कमलादेवी सटौला र वडा सचिव भट्टराईले आफ्ना श्रीमती गंगादेबी भट्टराई नाममा जग्गा पास गराएको थियो । त्यसैगरी चन्द्रमाया विश्वकर्माको नाममा पनि जग्गा पास गरी तीन जनाले किनेका थिए ।

सम्बन्धित खवर