फस्ट लुक सार्वजनिक - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

फस्ट लुक सार्वजनिक

साइनो समचारदाता
पथरी । बहुप्रतिक्षित चलचित्र ‘पुरानो बुलेट’ले मंगलबार फस्टलुक सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार–प्रसार सुरु गरेको छ । फिल्म चैत १ गते हलहरुमा लाग्दैछ ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् । अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । सार्वजनिक पोस्टरबाट फिल्म भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ । पछिल्लो क्रममा रिलिज हरेकजसो फिल्ममा एकपछि अर्को गर्दै फरक अबतारमा प्रस्तुत हुँदै आएका अनुपले ’पुरानो बुलेट’को प्रस्तुती हालसम्म गरेका सबैजसो फिल्मको भन्दा भिन्न रहेको बताउँछन् । स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको ’खलपात्र’को लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा (भिलेन टर्न हिरो) टर्न गर्दै अघि बढेका छन् ।
फेब्रुअरी २३ तारिखमा हङकङमा बल्ड प्रिमियर हुँदैछ । फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ । फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् ।

सम्बन्धित खवर