श्रम स्वीकृतिले प्रदेश १ मा सुखी छायो - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

श्रम स्वीकृतिले प्रदेश १ मा सुखी छायो


साइनो समचारदाता
विराटनगर । संघीय राजधानी काठमाडौंबाट मात्र श्रम स्वीकृति लिनुपर्ने बाध्यता हटेको छ । अब विराटनगरबाट श्रम स्वीकृति लिने व्यवस्था भएपछि प्रदेश १ स्थानीयबासीहरु खुसी भएका छन् ।
पहिलो पटक श्रम स्वीकृति धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे का ३० वर्षिय विजय खड्काले लिए । उनले खुसी व्यक्त गरे, ‘प्रदेशबाट श्रम स्वीकृति पाउँदा खुशी लागेको छ, काठमाडौँमा ३ दिनसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई श्रम स्वीकृति दिएर श्रम स्वीकृतिको थालनी गरेका थिए ।


बुधबार विहानदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति दिन थालेको हो । खड्कापछि मोरङको रतुवामाई नगरपालिका–८ इटहरा बजारका कृष्ण घिमिरेले श्रम स्वीकृति लिए । कार्यालयका शाखा अधिकृत ताम्रराज काफ्लेले बुधबार ४५ जनाले श्रम स्वीकृति लिएका बताएका छन् । कार्यालयकी निमित्त प्रमुख सबिता दाहालका अनुसार श्रम स्वीकृतिको पहिलो चरणमा विदेश बसेर बिदामा आएकाका लागि सेवा प्रदान गरिन्छ । श्रम स्वीकृतिबाट १ नम्बर प्रदेशका १४ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।

सम्बन्धित खवर